दुर्घटनामा ट्रक चालकसहित चारजना घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३१, २०७४
|
|
१७ पटक हेरिएको
Shares
दुर्घटनामा ट्रक चालकसहित चारजना घाइते

सारांश

  • दमौली, ३१ असार ।
  • पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडकखण्डमा पर्ने म्याग्दे गाउँपालिका– ६ तुरतुरेमा आज भएको दुर्घटनामा ट्रक चालकसहित चारजना घाइते भएका छन् ।
  • घाइतेमध्ये तीन बसमा सवार यात्रु हुन् ।

दमौली, ३१ असार । पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडकखण्डमा पर्ने म्याग्दे गाउँपालिका– ६ तुरतुरेमा आज भएको दुर्घटनामा ट्रक चालकसहित चारजना घाइते भएका छन् ।

घाइतेमध्ये तीन बसमा सवार यात्रु हुन् । पोखराबाट दमौली आउँदै गरेको ग१ख ५८९८ नं को ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना५ख ३०९० नं को बस ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते शुक्लागण्डकी नगरपालिका– ५, मिलडाँडाका ट्रक चालक ३४ वर्षीय राजु पौडेललाई उपचारका लागि पोखराको मेट्रोसिटी अस्पताल पठाइएको छ भने अन्य घाइतेको दुलेगौडास्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?