यसकारण छाडे प्रचण्डले लाजिम्पाट

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १, २०७४
|
|
२१ पटक हेरिएको
Shares
यसकारण छाडे प्रचण्डले लाजिम्पाट

सारांश

  • पुष १ -माओवादी अध्यक्ष प्रचण्डले लाजिम्पाटमा रहेको आवास छाडेका छन् ।
  • उनी ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँ सरेका छन् ।
  • माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार बिहान लाजिम्पाटमै भेटघाटमा व्यस्त थिए ।

पुष १ -माओवादी अध्यक्ष प्रचण्डले लाजिम्पाटमा रहेको आवास छाडेका छन् । उनी ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँ सरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार बिहान लाजिम्पाटमै भेटघाटमा व्यस्त थिए । दिउँसो माइतीघरमा केपी ओलीसँग भेटघाट गरेपछि उनी खुमलटारस्थित नयाँ निवासमा पुगेका थिए ।

प्रचण्ड पत्नी सीतासहित शुक्रबार नै खुमलटारस्थित नयाँ निवासमा सुतेका छन् । सचिवालयका केही सदस्यहरु भने लाजिम्पाटस्थित पुरानै निवासमा छन् ।

लाजिम्पाटमा कम्पाउण्ड साँघुरो रहेको र आगन्तुकहरुको गाडी पार्किंङ गर्न असुविधा भएकाले डेरा सरिएको प्रचण्डनिकट स्रोतले बतायो ।

नयाँ घरमा लाजिम्पाटको भन्दा ठूलो कम्पाउण्ड रहेको छ । अबको केही दिनदेखि नै प्रचण्डको पुरै टिम खुमलटारमै बस्न सुरु गर्ने स्रोतले बतायो ।mid nepal news bata

 

(www.sliderrevolution.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?