ओली र प्रचण्ड गोर्खा र लम्जुङ जाँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
३९ पटक हेरिएको
Shares
ओली र प्रचण्ड गोर्खा र लम्जुङ जाँदै

सारांश

  • काठमाडौं, २९ कार्तिक।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार लम्जुङ र गोर्खाका पाँच चुनावीसभालाई सम्बोधन गर्ने छन्।
  • संयुक्त चुनावीसभा शुरुवात गर्न दुवै नेताहरु बिहान ११ बजे लम्जुङको बेसिशहर पुग्ने कार्यक्रम रहेको छ ।

काठमाडौं, २९ कार्तिक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार लम्जुङ र गोर्खाका पाँच चुनावीसभालाई सम्बोधन गर्ने छन्।

संयुक्त चुनावीसभा शुरुवात गर्न दुवै नेताहरु बिहान ११ बजे लम्जुङको बेसिशहर पुग्ने कार्यक्रम रहेको छ । ‘दुवै अध्यक्षहरुले बुधबार लम्जुङ र गोर्खामा पाँच चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ’ अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘चुनावीसभालाई सम्बोधनपछि साँझ राजधानी फर्किने हुनेछ।‘ दुवै नेताहरु फरक फरक हेलिकप्टरमा लम्जुङ र गोर्खा जाने छन्।

बुधबार गोर्खाको अरुघाट, भैरुङ, पालुङटार र भट्टेकमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने छन्। लम्जुङ र गोर्खा दुवै पहिलो चरणमा चुनाव हुने क्षेत्रहरु हुन्।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व प्रधानमन्त्री नारायणकाजी श्रेष्ठको चुनावी प्रतिस्पर्धामा रहेको कारण गोर्खा -२ मा देशव्यापी रुपमा चर्चामा रहेको छ ।

पार्टी एकता गर्ने घोषणा गरेका दुवै दलले त्यसका प्रारम्भ चुनावी तालमेल भएको बताएका छन्। दुवै अध्यक्ष १४ वटा संयुक्तसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन : निमबहादुर मगर
सहमति नै प्रमुख कुरा हो नभए निर्वाचनमा जान कसैले छेक्दैन : निमबहादुर मगर
ओली पक्षधरको प्रशिक्षणमा पाए यी नेताहरुले जिम्मेवारी (नामावलीसहित)
ओली पक्षधरको प्रशिक्षणमा पाए यी नेताहरुले जिम्मेवारी (नामावलीसहित)
पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु
पहिरोमा परी एकै घरका तीनजनाको मृत्यु
१४ अाेभरकाे खेल सकिँदा नेपाल बलियाे अवस्थामा, कप्तान र उपकप्तान क्रिजमा !
१४ अाेभरकाे खेल सकिँदा नेपाल बलियाे अवस्थामा, कप्तान र उपकप्तान क्रिजमा !
काठको खोरमा पर्‍यो चितुवा
काठको खोरमा पर्‍यो चितुवा
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
सुरुङमार्गका लागि तयार भइसकेको डेढ करोडको डीपीआर थन्क्याएर नयाँ प्रक्रिया थालियो
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा
प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा
अर्थोपेडिक सम्मेलन सम्पन्न
अर्थोपेडिक सम्मेलन सम्पन्न
आज उपत्यकामा ६ जना संक्रमित थपिए, तीन जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?