काठको खोरमा पर्‍यो चितुवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
काठको खोरमा पर्‍यो चितुवा

सारांश

  • दमौली ।
  • तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ ।
  • भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।

दमौली । तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली खटिएको एक हप्तामै एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । “खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ, नियन्त्रणमा आएको चितुवालाई कहाँ लैजाने भन्ने बारेमा छलफल भइरहेको छ”, उनले भने ।

उक्त नगरपालिकाका वडा नं १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट छ बालबालिकाले ज्यान गुमाएका छन् । गत असोज १६ र यही कात्तिक ११ गते पनि काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको थियो । काठको खोरमा परेर चितुवा नियन्त्रणमा आए पनि बालबालिकामाथि चितुवाको आक्रमण रोकिएको छैन । भानुका जङ्गलमा थुप्रै सङ्ख्यामा चितुवा रहेका अनुमान गरिएको छ ।

डिभिजन वन प्रमुख बरालका अनुसार चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी हुने देखिएपछि नौ खोर निर्माण गरी जङ्गलमा राखिएका छन् । चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका छ विज्ञ टोली पनि परिचालित भएका छन् । कोषका विज्ञ डा नरेश सुवेदीले भानुका जङ्गलमा भएका चितुवा नियन्त्रणका लागि एशियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गरिनेछ ।

पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवा आक्रमणको बढी समस्या रहेको छ । सुवेदीका अनुसार बूढो र घाइते भएको खण्डमा चितुवा आक्रामक हुन्छ । जङ्गलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट पुष्टि भएको सुवेदीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा चुनावी चहलपहल
विराटनगरमा चुनावी चहलपहल
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान गाउँमा पुगेन, हिंसाको मुख्य कारण रक्सी
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान गाउँमा पुगेन, हिंसाको मुख्य कारण रक्सी
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी  ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
‘चिफ साब’ काे नाममा असुल्दै यी उपरथी ‘साब’, जर्नेलको असुलीले बदनाम हुँदै फास्ट ट्रयाक,
गाउँले र घिमिरेले पाए यसवर्षको शिक्षा पत्रकारिता पुरस्कार
गाउँले र घिमिरेले पाए यसवर्षको शिक्षा पत्रकारिता पुरस्कार
राजधानीमा भेटिनै छाडे कांग्रेसका नेताहरू, गए कहाँ ?
राजधानीमा भेटिनै छाडे कांग्रेसका नेताहरू, गए कहाँ ?
आठ वर्षदेखि दुई नेपाली बेपत्ता, भारतीय प्रहरीले गायब पारेको परिवारको आरोप
आठ वर्षदेखि दुई नेपाली बेपत्ता, भारतीय प्रहरीले गायब पारेको परिवारको आरोप
सरकारी जागिरे महासय २ बर्ष नहुँदै यसरी पाे भएछन मालामाल !
सरकारी जागिरे महासय २ बर्ष नहुँदै यसरी पाे भएछन मालामाल !
मंसिर २१ गते आइतवारको राशिफल यस्तो छ
मंसिर २१ गते आइतवारको राशिफल यस्तो छ
परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता
किन जाँदैछन डा बाबुराम भट्टराई  युरोप भ्रमणमा ?
किन जाँदैछन डा बाबुराम भट्टराई युरोप भ्रमणमा ?

तपाईंले छुटाउनुभयो कि?