प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
३९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता- यी हुन् प्याकेज छलफलका एजेन्डा

सारांश

  • काठमाडौं, ६ फागुन – एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तार प्याकेजमै टुंग्याउने गरी छलफल केन्द्रित गरेका छन् ।
  • प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको छलफलपछि दुवै विषयलाई प्याकेजमै टुंग्याउने समझदारी भएको हो ।
  • छलफल सकारात्मक दिशामा अघि बढेको दुवै पक्षका नेताहरूको दाबी छ ।

काठमाडौं, ६ फागुन – एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकार विस्तार प्याकेजमै टुंग्याउने गरी छलफल केन्द्रित गरेका छन् । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको छलफलपछि दुवै विषयलाई प्याकेजमै टुंग्याउने समझदारी भएको हो । छलफल सकारात्मक दिशामा अघि बढेको दुवै पक्षका नेताहरूको दाबी छ । आजको नयाँ पत्रिकामा खबर छ ।

‘एकता र सरकार गठन टुंगो लगाउने गरी सकारात्मक दिशामा छलफल अघि बढेको छ,’ छलफलपछि प्रचण्डले सञ्चारकर्मीसँग भने, ‘आइतबार पार्टी एकता संयोजन समितिको बैठकमा छलफल हुन्छ ।’ दुई पार्टीबीच एकताका लागि सैद्धान्तिक–वैचारिक पक्षमा केन्द्रित रहेर गत बुधबार छलफल भए पनि दुई दिनयता सरकार गठनका कारण स्थगित वार्ता अघि बढ्न सकेको थिएन । तर, शनिबार प्रधानमन्त्रीको निजी निवास बालकोटमा ओली र प्रचण्डबीच ‘वन अन वन’ वार्तापछि दुवै नेताबीच आइतबार एकतावार्तापछि दुवै नेताबीच आइतबार एकता संयोजनको बैठकबाट सबै विषय टुंगो लगाउने गरी छलफल गर्ने समझदारी भएको छ । ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई नेताबीच समग्र विषयमा भएको छलफल सकारात्मक रहेकाले एकता संयोजनको बैठकमा प्याकेज छलफल गर्ने समझदारी भएको छ ।

यी हुन् प्याकेज छलफलका एजेन्डा

प्रधानमन्त्री ओली र प्रचण्डबीचको समझदारीअनुसार एकता संयोजनको बैठकमा पार्टी एकताका बाँकी विषय, मन्त्रिपरिषद् भागबन्डालगायत सबै मुद्दामा छलफल हुनेछ । सैद्धान्तिक–वैचारिक विषय र नेतृत्व करिब टुंगो लागिसकेकाले एकीकृत पार्टीको सांगठनिक स्वरूपका विषयमा संयोजन समितिमा छलफल हुनेछ । दुवै अध्यक्षबीच अन्तरिम कालका लागि सकभर दुई अंकको केन्द्रीय कमिटी र छरितो स्थायी समिति बनाउने दिशामा छलफल भए पनि औपचारिक छलफल भएको छैन । तर, सरकारमा दुवैले आलोपालो नेतृत्व गर्ने समझदारी भइसकेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षका साथै मन्त्रालय भागबन्डा टुंगो लाग्न बाँकी छ । १५ वटा मन्त्रालयमा दुवै पार्टीले चुनावी परिणामका आधारमा सम्मानजनक भागबन्डा गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी
महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी
सभामुख र सरकार जिम्मेवार भएनन् भने मुठभेड हुन सक्छ : गगन थापा
सभामुख र सरकार जिम्मेवार भएनन् भने मुठभेड हुन सक्छ : गगन थापा
उजिर, आङ्ला, शेर्पा र चौधरीलाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार
उजिर, आङ्ला, शेर्पा र चौधरीलाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार
राप्रपाद्वारा सामान सार्न महानगरसँग ३५ दिनको समय माग
राप्रपाद्वारा सामान सार्न महानगरसँग ३५ दिनको समय माग
नेकपा एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान
नेकपा एकीकृत समाजवादीका नेता खनाल चीन प्रस्थान
जनतासँग गरिएका वाचा पूरा हुन्छ : मन्त्री अधिकारी
जनतासँग गरिएका वाचा पूरा हुन्छ : मन्त्री अधिकारी
दोहोरो, तेहोरो कर लिँदैनौँ, जनतामा भोक जगाइदिएका छौँ, अब पेट भरिदिन्छौँ : मातृका यादव
दोहोरो, तेहोरो कर लिँदैनौँ, जनतामा भोक जगाइदिएका छौँ, अब पेट भरिदिन्छौँ : मातृका यादव
दाङमा पूर्वराजा ज्ञानेन्द्र आएपछि समर्थकले भने-‘राजा आउ देश बचाऊ’
दाङमा पूर्वराजा ज्ञानेन्द्र आएपछि समर्थकले भने-‘राजा आउ देश बचाऊ’
जनै पूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला !
जनै पूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला !
एनसीसी बैंक र कुमारी बैंक मर्जर मर्जरको तयारीमा
एनसीसी बैंक र कुमारी बैंक मर्जर मर्जरको तयारीमा