‘हाम्रो मित्रवत् प्रतिस्पर्धाबाट सिकुन’

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
‘हाम्रो मित्रवत् प्रतिस्पर्धाबाट सिकुन’

सारांश

  • काठमाडौं, २९ कार्तिक।
  • भोजपुर ‘क’ बाट एक नम्बर प्रदेशसभामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अजम्बर काङमाङ राईले एमाले उम्मेदवार राजेन्द्र राईसँगको प्रतिस्पर्धाबाट अरुले पनि सिक्नु पर्ने बताएका छन्।
  • नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा रहेका राईले एमालेका उम्मेदवार राईसँगै बसेको फोटो फेसबुकमा पोस्ट गर्दै यसबाट सिक्नु पर्ने बताए।

काठमाडौं, २९ कार्तिक। भोजपुर ‘क’ बाट एक नम्बर प्रदेशसभामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अजम्बर काङमाङ राईले एमाले उम्मेदवार राजेन्द्र राईसँगको प्रतिस्पर्धाबाट अरुले पनि सिक्नु पर्ने बताएका छन्।

नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा रहेका राईले एमालेका उम्मेदवार राईसँगै बसेको फोटो फेसबुकमा पोस्ट गर्दै यसबाट सिक्नु पर्ने बताए। अजम्बरले नेता नभै नीति, व्यक्ति नभै व्यक्तित्व, वर्तमान नभै भविष्य र जीत हार नभै भोजपुरको विकासको कुरा गर्ने गरेको बताए।

भोजपुरमा प्रतिस्पर्धामा रहेका दुवैको इतिहास पनि रोचक रहेको छ। चालिसको दसकमा अनेरास्ववियुको राजनीति शुरु गरे पनि करिब ६९ सालमा जातीय राजनीतिको बारेमा कुरा नमिलेपछि एमालेबाट अशोक राईसँगै बाहिरिएर अजम्बर संघीय समाजवादी पार्टीमा रहेका थिए। मधेशी जनाधिकार फोरमसँग एकीकरणपछि बनेको संघीय समाजवादी फोरमका नेताहरुमा सक्रिय रहेका छन्।

अजम्बर तत्कालीन मालेसम्बद्ध अनेरास्ववियुको जिल्ला कमिटीमा हुँदा राजेन्द्र स्कुलस्तरीय प्रारम्भिक कमिटीमा थिए ।

अजम्बरका अनुसार राजेन्द्रलाई उनी र कमलजंग राईले सदस्यता दिएका हुन् । तर, राजेन्द्र भने अजम्बर आफूभन्दा माथिल्लो कमिटीमा रहे पनि सदस्यता उनले दिएको होइन भन्छन् । पछि राजेन्द्र अखिलको केन्द्रीय कमिटीमा रहँदा अजम्बर विश्वविद्यालय कमिटीमा थिए ।

भोजपुर टेम्के मैयुमका अजम्बर र षडानन्द नगरपालिकाका राजेन्द्रले युवा विद्यार्थी फ्रयाक्सन कमिटी बाहेक कहिल्यै सँगै काम गर्नु परेन । राजेन्द्र ०४३ तिर काठमाडौं आएपछि आरआर क्याम्पसको स्ववियु सदस्य हुँदै २०४९ मा सभापति निर्वाचित भए ।

अजम्बर भने भोजपुर बहुमुखी क्याम्पसको स्ववियु सदस्य भए । ०४७ सालमा केपी शर्मा ओली अध्यक्ष भएर युवा संघ स्थापना भएपछि अजम्बरको राजनीति भोजपुर संयोजक हुँदै युवा संघतिर मोडियो । राजेन्द्र राई भने विद्यार्थी संगठनमा चर्चित बने ।

पार्टीभित्रको बैचारिक संघर्षमा पनि अजम्बर र राजेन्द्र सधैं नदीका दुई किनाराजस्तै अलग-अलग धारामा बगिरहे । ०५४ सालमा एमाले बिभाजनपछि अजम्बर मालेतिर लागे । राजेन्द्र एमालेको बचाउमा खडा भए।

अजम्बर माले सम्बद्ध युवा संघको महासचिव हुँदा राजेन्द्र एमाले सम्बद्ध अनेरास्ववियुको महासचिव हुँदै २ पटक अध्यक्ष बने।

पार्टी पुनः एकीकरणपछि राजेन्द्र अखिलको अध्यक्ष भए भने अजम्बर युवा संघको सचिव भए । राजेन्द्र अखिल अध्यक्षबाट विदा भएपछि अजम्बर युवा संघको अध्यक्ष बने । पार्टीर्भित्रको अन्तरसंघर्षमा राजेन्द्र माधव नेपाल पक्षमा थिए भने अजम्बर झलनाथ पक्षमा ।

०६५ को आठौं महाधिवेशनमा राजेन्द्र प्रतिनिधि बन्न सकेनन्, तर अजम्बर झलनाथ प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भए । तर, ०६९ मा अजम्बर एमालेबाट बाहिरिएपछि राजेन्द्र केन्द्रीय सदस्य मनोनित भए । ०७० सालमा राजेन्द्रले भोजपुर १ मा टिकट पाएनन् । अजम्बर भने संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर एमालेसँग तेस्रो भए ।

चुनावी अंकगणितः वामपन्थी गठबन्धन अगाडि

अहिले राजेन्द्र र अजम्बर एउटै प्रदेशसभामा उम्मेदवार बनेका छन् । मुख्य प्रतिस्पर्धी पनि यिनै दुई भाइ हुन् । यो प्रदेशसभामा षडानन्द नगरपालिका, साल्पा सिलिछो गाउँपालिका पूरै पर्छन् ।

टेम्के मैयुमको १ देखि ५ नम्बर वडा यस क्षेत्रमा पर्छन् भने भोजपुर नगरपालिकाका १, २, ३, ४, ५ र १० नम्वर वडा पर्छन् । पौवादुम्मा गाउँपालिकाका वडा नम्बर १ र २ पनि यही क्षेत्रमा पर्छन् ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा षडानन्द नगरपालिकाको मेयर कांगे्रेसले जितेको छ भने उपमेयर एमालेले । साल्पा सिलिछोमा पनि अध्यक्ष कांग्रेस र फोरमको गठबन्धनले जितेको छ । भोजपुर नगरपालिकाका ६ मध्ये २ वडा कांग्रेसले र ४ वटा एमाले-माओवादीले जितेका छन् ।

टेम्के मैयुममा ५ वडामध्ये ४ वटा एमालेले जितेको छ भने एउटा कांग्रेस र फोरमको गठबन्धनले जितेको छ । पौवादुम्माका एक-एक वडा एमाले र माओवादीले जितेका छन् । समग्र मत विश्लेषण गर्दा यो क्षेत्रमा वामपन्थी गठबन्धनको मत १८ हजार ३५७ छ भने लोकतान्त्रिक गठबन्धनको मत १४ हजार ३४ मत छ । टेम्के मैयुममा त्यसबेला माओवादी पनि कांग्रेस र फोरमसँग मिलेकाले लोकतान्त्रिक गठबन्धनको समग्र मतमा केही माओवादीको पनि जोडिएको छ ।

दुवै गठबन्धनको स्थानीय तहको मत विश्लेषण गर्दा करीव ४ हजारले वामपन्थी गठबन्धन अगाडि छ । तर, प्रदेशसभा सदस्यको चुनावमा स्थानीय तहको मत सबै तीनै दलका उम्मेदवारमा जाँदैन । यसमा उम्मेदवारको व्यक्तित्वले पनि फरक पार्न सक्छ ।

अजम्बर एकपटक चुनाव लडिसकेका र भोजपुरको स्थानीय राजनीतिमा निरन्तर लागिरहेका नेता हुन् । राजेन्द्र राई पनि अनेरास्ववियुको अध्यक्षबाट विदा भएपछि विशेष गरी पछिल्ला ५ वर्षयता धेरैजसो गाउँघरमै क्रियाशील भइरहेका छन् । दुवै नेताको क्रियाशीलता लोभलाग्दो छ ।

अजम्बर र राजेन्द्र प्रतिस्पर्धा गरिरहेको क्षेत्र शिक्षा र जागरणको हिसाबले पूर्वाञ्चलकै सचेत मतदाता रहेको क्षेत्र हो । नारी अधिकारकी अग्रज योगमायादेखि शिक्षाको ज्योती छर्ने आबाल ब्रम्हचारी षडानन्दको जन्मभूमि हो यो क्षेत्र । यहाँ बाहुन, क्षेत्री र राई, तामाङ, शेर्पा समुदायको मिश्रित बसोबास छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेतीमा बगेर १३ वर्षीय बालक बेपत्ता, एक महिनामा पाँच जनाको ज्यान गयो
सेतीमा बगेर १३ वर्षीय बालक बेपत्ता, एक महिनामा पाँच जनाको ज्यान गयो
मेयर आफै पेस्तोल बोकेर निस्केपछि
हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित
हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित
किम जोङ उनसँगको वार्ताका कारण डोनाल्ड ट्रम्पले पाउने भए त यति ठुलो पुरस्कार ?
Benefits associated with Starting an electronic digital Trade Blog page
क्वारेन्टिनमा मृत भेटिएका युवाको पिसिआर रिपोर्ट पोजिटिभ, नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या ७
हङकङ भन्सारले गरेन ‘सुन काण्ड’अनुसन्धानमा सहयोग
हङकङ भन्सारले गरेन ‘सुन काण्ड’अनुसन्धानमा सहयोग
सशस्त्रका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त महानिरीक्षक अमेरिका प्रस्थान
सशस्त्रका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त महानिरीक्षक अमेरिका प्रस्थान
हेटौंडा-काठमाडौं जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक
हेटौंडा-काठमाडौं जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक
उदयपुरमा सर्प ले डसेर एक महिलाको मृत्यु
उदयपुरमा सर्प ले डसेर एक महिलाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?