मेयर आफै पेस्तोल बोकेर निस्केपछि

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १७ मंसिर ।
  • स्थानीय तहको विकासको लागि स्थानीय निकायको भूमिका निकै महत्वपूर्ण हुन्छ ।
  • काठमाडौंको बेथिति र समस्याहरुको विषयमा कुरा गर्दा हाम्रा मेयरले विभिन्न कारणहरु देखाउँदै आएका छन् ।

काठमाडौं, १७ मंसिर । स्थानीय तहको विकासको लागि स्थानीय निकायको भूमिका निकै महत्वपूर्ण हुन्छ । काठमाडौंको बेथिति र समस्याहरुको विषयमा कुरा गर्दा हाम्रा मेयरले विभिन्न कारणहरु देखाउँदै आएका छन् । यद्यपि, विश्वमा केही मेयर यस्ता पनि छन्, जो आफ्नो ज्यान बाजी लागेर आफ्नो सहरको सुरक्षाको लागि लागिपरेका छन् । अल सल्वाडरका एक मेयरले साँच्चै समस्याको समाधान चाहने हो भने असम्भव केही छैन भन्ने कुराको उदाहरण दिएका छन् ।

अल सल्वाडोरका मारिसियो विलानोवा असल्ट आफैं राइफल बोकेर आफैं सहरको सुरक्षा गर्न निस्किन्छन् । उनी अफिसरहरुहरुका साथमा बुलेटप्रूफ ज्याकेट लगाएर गस्तीमा निस्किने गरेका छन् । मध्य अमेरिकी मुलुकहरु अल सल्वाडोरको सैन जोस गायाबल सहरमा उनी विगत १८ वर्षदेखि मेयरको रुपमा रहँदै आएका छन् । यो सहरमा एमएस–१३ र ला बारियो–१८ जस्ता खनरानक आपराधिक संगठनहरु रहेका छन् । विलानोवाले २ वर्षमा मुलुकलाई अपराधमुक्त बनाउने योजना अघि सारेका छन् । उनले आफू सहरलाई निकै प्रेम गर्ने भएकोले सामान्य मानिसको भूमिकामा आएको बताए ।

अपराधदरमा व्यापक कमी
विलानोवालाई सैन जोस गायाबलको अपराध कम गर्ने श्रेय जान्छ । सन् २०१७ मा प्रतिलाख मानिसहरुमा ४५ जनाको हत्या भएको थियो । २०१८ मा भने अहिलेसम्म कुनै हत्याको समाचार आएको छैन । मुलुकमा बढ्दो अपराधको कारण धेरै मानिसहरु मुलुक छाडिसकेका छन् ।

३०० सूचना दिने मानिस नियुक्त
सुरक्षाको लागि विलानोवाले सडकमा सिसिटीभी क्यामेराको प्रयोग बढाएका छन् भने अपराधको सूचना दिनको लागि ३०० सूचना दिने मानिसहरु पनि नियुक्त गरेका छन् । उनलाई संगठनले धेरैपटक धम्की पनि दिइसकेको छ । यसका साथै गस्ती बढाउनका लागि केही सुविधाहरु पनि बढाएका छन् ।

पूरा अमेरिकामा सक्रिय छन् एमएस–१३

एमएस–१३ पूरा अमेरिकाभर फैलिएको कुख्यात संगठन हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संगठनबाट पार पाउन जस्तोसुकै योजनाका लागि पनि आफू प्रतिबद्ध रहेको बताएका छन् । अमेरिकामा यो संगठनका १० हजार र विश्वभर ३० हजारभन्दा बढी सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?