ललितपुर— २ सवै उम्मेदवारका चुनावी एजेण्डा भने उस्तै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
१९ पटक हेरिएको
Shares
ललितपुर— २ सवै उम्मेदवारका चुनावी एजेण्डा भने उस्तै

सारांश

  • लोकतान्त्रिक गठबन्धन र वामपन्थी गठबन्धन दुवैका उम्मेदवार झण्डै उस्तै उस्तै चुनाबी एजेण्डा लिएर मतदातासम्म जान थालेका छन् ।
  • प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै ललितपुर क्षेत्र नं २ मा उम्मेदवार घरदैलो कार्यक्रममार्फत मतदाताका घर–आँगनमा जान थालेका छन् ।
  • सडक विस्तार, खानेपानीको   व्यवस्थापन, सम्पदा संरक्षण, भूकम्पपछिको पुनःनिर्माण र नयाँ बनेका नगरपालिकाको व्यवस्थापनका विषयलाई उम्मेदवारले मुख्य मुद्दा बनाएका छन् ।

लोकतान्त्रिक गठबन्धन र वामपन्थी गठबन्धन दुवैका उम्मेदवार झण्डै उस्तै उस्तै चुनाबी एजेण्डा लिएर मतदातासम्म जान थालेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै ललितपुर क्षेत्र नं २ मा उम्मेदवार घरदैलो कार्यक्रममार्फत मतदाताका घर–आँगनमा जान थालेका छन् । सडक विस्तार, खानेपानीको

 

व्यवस्थापन, सम्पदा संरक्षण, भूकम्पपछिको पुनःनिर्माण र नयाँ बनेका नगरपालिकाको व्यवस्थापनका विषयलाई उम्मेदवारले मुख्य मुद्दा बनाएका छन् ।

गत सातादेखि यस क्षेत्रमा चुनावी रौनक बढेको छ । घरहरु कुनै न कुनै दलका झण्डाले भरिन थालेका छन् । उम्मेदवारहरु घरदैलो कार्यक्रम र आफ्ना कार्यकर्तासँगको भेटमा व्यस्त छन् । दलका कार्यालय, सम्पर्क कार्यालयदेखि चिया पसलसम्म चुनावमय बनेको छ । यसपटक ठूला दलले यसअघिका निर्वाचनमा यस क्षेत्रमा प्रतिनिधित्व गरिसकेकै व्यक्तिलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभामा नेपाली काँग्रेसका तर्फबाट चन्द्र महर्जन उम्मेदवार बन्नुभएको छ । उहाँ संविधानसभा–२ मा यस क्षेत्रका सभासद् हुनुहुन्थ्यो । प्रतिनिधिसभामा नेकपा (एमाले)का तर्फबाट कृष्णलाल महर्जन उम्मेदवार हनुहुन्छ । उहाँ २०५६ सालको आम निर्वाचनमा यस क्षेत्रबाट विजयी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?