सन्दिपलाई किन्न पाउनु हाम्रा लागि सुखद : दिल्ली डेयर डेभिल्स

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
सन्दिपलाई किन्न पाउनु हाम्रा लागि सुखद : दिल्ली डेयर डेभिल्स

सारांश

  • दिल्ली डेयर डेभिल्सले नेपाली युवा बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न २० लाख भारतीय रूपैयाँमा किनेपछि त्यसको चर्चा देश विदेशमा छाएको छ ।
  • सन्दीप लामिछानेको सुरूवाती मूल्य २० लाख भारु तोकिएको थियो र दिल्लीले २० लाख भारूमै किन्यो ।
  • सन्दीपलाई किनेको दिल्लीले आफ्नो क्लवबाट सन्दीपलाई खेलाउन पाउनु निकै खुसीको कुरा भएको बताएको छ ।

दिल्ली डेयर डेभिल्सले नेपाली युवा बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न २० लाख भारतीय रूपैयाँमा किनेपछि त्यसको चर्चा देश विदेशमा छाएको छ ।

सन्दीप लामिछानेको सुरूवाती मूल्य २० लाख भारु तोकिएको थियो र दिल्लीले २० लाख भारूमै किन्यो ।

सन्दीपलाई किनेको दिल्लीले आफ्नो क्लवबाट सन्दीपलाई खेलाउन पाउनु निकै खुसीको कुरा भएको बताएको छ । दिल्लीको आफ्नो आधिकारिक ट्वीटमा भनेको छ ‘सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् १७ वर्षको लेग स्पिनरलाई स्वागत गर्न पाउनु हाम्रा लागि निकै खुसीको कुरा हो ।’

यसैबीच आइपिएल खेल्ने नेपालको पहिलो खेलाडी बनेका सन्दिपलाई सामाजिक सञ्जालमा बधाइ दिनेको ओइरै लागेको छ ।

५ सय ७८ जनाको अक्सन सूचीमा सन्दीप २ सय ७८ नम्बरमा थिए । सन्दीप एसोसिएट क्याटागोरीबाट आइपिएलमा आबद्ध भएका हुन् ।

यसअघि सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) र बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?