दोस्रो चरण निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०७४
|
|
६६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १७ जेठ ।
  • निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ ।
  • सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार निर्वाचन आयोगको आजको बैठकले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

काठमाडौँ, १७ जेठ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ ।

सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार निर्वाचन आयोगको आजको बैठकले नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

निर्वाचन हुन बाँकी प्रदेश नं १, २, ५ र ७ का ४३ जिल्ला (रुकुम र नवलपरासीसमेत) गरी ४६१ स्थानीय तहमा आगामी असार २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, असार ५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र असार १४ गते बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि २०७४ जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयानुसार आयोगले जेठ १९ देखि सुरु हुने गरी तालिका प्रकाशन गरेको थियो । सरकारको नयाँ निर्णयानुसार असार २ गतेदेखि सुरु हुने नयाँ निर्वाचन तालिका प्रकाशन गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
जुम्लामा भीषण आगलागि: ७ घर जलेर नष्ट
नेपालमा पेट्रोल डिजेल कति धेरै खपत! भारतभन्दा सस्तो
नेपालमा पेट्रोल डिजेल कति धेरै खपत! भारतभन्दा सस्तो
सर्वोच्चमा जाने तयारी गरेका चोलेन्द्रलाई सरकारी निवासमै ‘नजरबन्द’
माओवादी छोडेर एमाले प्रवेश गरेकालाई प्रचण्डको किन यस्तो भने ?
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छः उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छः उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
चिनिया राजदुतका कारण तनावमा प्रचण्ड !
चिनिया राजदुतका कारण तनावमा प्रचण्ड !
तीनकुने हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
तीनकुने हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि लगाए गम्भीर आरोप
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि लगाए गम्भीर आरोप
गृह प्रशासन सुधार कार्ययोजना ल्याइँदै
गृह प्रशासन सुधार कार्ययोजना ल्याइँदै