विश्व कप फुटबल २०१८: कुन कुन टिम खेल्दैछन्?
सारांश
- विश्व कपमा खेलहरुको दोस्रो चरण सुरु भएसँगै नकआउट चरणमा पुग्ने समिकरणहरु बन्न सुरु गरिसकेका छन् ।
- आयोजक रुस अन्तिम खेलअघि नै प्रि क्वार्टरफाइनलमा पुगिसकेको छ भने इजिप्ट एक खेल बाँकी रहँदै बाहिरिने पहिलो टोली बनेको छ ।
- बुधबार हुने खेल जितेको खण्डमा उरुग्वेले पनि अन्तिम १६ मा स्थान बनाउने छ ।
विश्व कपमा खेलहरुको दोस्रो चरण सुरु भएसँगै नकआउट चरणमा पुग्ने समिकरणहरु बन्न सुरु गरिसकेका छन् ।
आयोजक रुस अन्तिम खेलअघि नै प्रि क्वार्टरफाइनलमा पुगिसकेको छ भने इजिप्ट एक खेल बाँकी रहँदै बाहिरिने पहिलो टोली बनेको छ ।
बुधबार हुने खेल जितेको खण्डमा उरुग्वेले पनि अन्तिम १६ मा स्थान बनाउने छ । उरुग्वेले आज साउदी अरेबियाको सामना गर्दैछ ।
आजै अर्को समूहमा क्रिस्टिायानो रोनाल्डोको पोर्चुगल र मोरोक्को र स्पेनले इरानको सामना गर्नेछ । पोर्चुगल र स्पेनले पहिलो खेलमा रोमाञ्चक ३–३ को बराबरी खेलेको थियो भने इरानले मोरोक्कोलाई १–० ले हराएको थियो ।
समूह ‘बी’
पहिलो खेल :पोर्चुगल विरुद्ध मोरोक्को साँझ ५ः४५ बजे
समूह ‘ए’
दोस्रो खेल: उरुग्वे विरुद्ध साउदी अरेबिया राती ८ः४५ बजे
समूह ‘बी’
तेस्रो खेल : इरान विरुद्ध स्पेन राती ११ः४५ बजे
प्रतिक्रिया