सिन्धुपाल्चोक मा ठाउँ ठाउँमा बम फेला, सुरक्षा सतर्कता बढाइयो

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २, २०७४
|
|
२० पटक हेरिएको
Shares
सिन्धुपाल्चोक मा   ठाउँ ठाउँमा बम फेला, सुरक्षा सतर्कता बढाइयो

सारांश

  • मंसिर २, २०७४-जिल्लाभर चुनावी सरगर्मी तातेसँगै निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला पर्न थालेको छ ।
  • मेलम्ची नगरको ज्यामिरे मिलनचोक, मेलम्चीटारस्थित इन्द्रावती क्याम्पसको आँगनमा र मेलम्ची बजारको शिखरपुर तीपेनी जाने पुलछेउमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।
  • शुक्रबार बिहानै मेलम्ची नगरको वडा ९ मिलनचोकमा बाटैमा राखिएको थोत्रो तारसहितको प्रेसर कुकरमा खतरा लेखेको पाइएपछि विधार्थीले इलाका प्रहरी मेलम्चीलाई खबर गरेका थिए ।

मंसिर २, २०७४-जिल्लाभर चुनावी सरगर्मी तातेसँगै निर्वाचन क्षेत्र न २ मा जताततै बम फेला पर्न थालेको छ ।मेलम्ची नगरको ज्यामिरे मिलनचोक, मेलम्चीटारस्थित इन्द्रावती क्याम्पसको आँगनमा र मेलम्ची बजारको शिखरपुर तीपेनी जाने पुलछेउमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहानै मेलम्ची नगरको वडा ९ मिलनचोकमा बाटैमा राखिएको थोत्रो तारसहितको प्रेसर कुकरमा खतरा लेखेको पाइएपछि विधार्थीले इलाका प्रहरी मेलम्चीलाई खबर गरेका थिए । प्रहरीसँगै तत्कालै सशस्त्र प्रहरीको टोलीले बम निक्रिय पारेको थियो । त्यसैदिन मेलम्चीटारस्थित इन्द्रावती क्याम्पसको प्राङ्गणमा त्यस्तै बम फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम निक्रिय पारेलगत्तै मेलम्ची बजारको शिखरपुर तीपेनी जाने मोटरवेल पुलमा त्यस्तै बम फेला पर्‍यो ।

‘चुनाव बिथोल्नको लागि यस्ता गतिविधि भइरहेका हुन्,’जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन पोखरेलले भने, ‘सबै बम निक्रिय पारिसक्यौं, थप सक्रियता बढाइरहेका छौं ।’घटनास्थलमै पुगेका पोखरेलले चुनाव नजिकिँदै गर्दा अज्ञात समूहद्वारा बम राखिएकाले सुरक्षा चौगुना बढाइरहेको सुनाए ।

निर्वाचन क्षेत्र न २ मा लोकतान्त्रिक र वामका दुई हस्ती चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा लोकतान्त्रिकबाट पशुपतिशमशेर राणा र वाम गठबन्धनका शेरबहादुर तामाङ भिड्दैछन् । प्रदेशसभा (क) र (ख) मा सभाको चुनावमा लामो समय राजनीतिमा बिताएका हस्ती र युवा व्यापारी चुनावी मैदानमा छन् । प्रदेश (क) र (ख )मा क्रमश: बामबाट युवराज दुलाल शरद, दावा तामाङ र लोकतान्त्रिकबाट विकास तामाङ, निमा लामा ह्योल्मो चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेती नदीको बाढी बस्तीमा पस्यो, ६० घरपरिवार सुरक्षित स्थानमा
सेती नदीको बाढी बस्तीमा पस्यो, ६० घरपरिवार सुरक्षित स्थानमा
काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने
काठमाडौँका सडकमा अब शौचालय खोज्दै भौतारिनु नपर्ने
Breaking News : मन्त्री अधिकारी सवार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना paban bhattarai
Breaking News : मन्त्री अधिकारी सवार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना paban bhattarai
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
प्रधानमन्त्री ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा
प्रधानमन्त्री ओलीलाई जगन्नाथ पुरी भ्रमणका लागि निमन्त्रणा
मृतकलाई अस्पतालबाट निकालेर झारफुक
मृतकलाई अस्पतालबाट निकालेर झारफुक
एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित
एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गते हुने
बाग्लुङ्मा भदाैरे जात्रा, संस्कृति बचाउँदै नेवार समुदाय !
बाग्लुङ्मा भदाैरे जात्रा, संस्कृति बचाउँदै नेवार समुदाय !
एमाले जग्गादानविरुद्धको रिट निवेदन सर्वोच्चद्वारा खारेज
एमाले जग्गादानविरुद्धको रिट निवेदन सर्वोच्चद्वारा खारेज

तपाईंले छुटाउनुभयो कि?