एक्लै फिल्म मणिकर्णिकाको प्रचारमा कंगना

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि कुरा नलुकाई बोल्ने बानीकै कारण उनको सम्बन्ध बलिउडका धेरै कलाकारसँग राम्रो छैन ।
  • कंगना अभिनित फिल्म मणिकर्णिका प्रदर्शनको क्रममा छ ।
  • फिल्मको ट्रेलर रिलिज भइसकेको छ ट्रेलर हेरेर उनले फिल्ममा गरेको मेहेनत प्रष्टै बुझिन्छ यद्यपी उनको प्याच्च बोल्ने बानीका कारण बलिउडमा धेरै मित्र भन्दा पनि उनको दुश्मन बढेका छन् ।

बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि कुरा नलुकाई बोल्ने बानीकै कारण उनको सम्बन्ध बलिउडका धेरै कलाकारसँग राम्रो छैन । कंगना अभिनित फिल्म मणिकर्णिका प्रदर्शनको क्रममा छ ।फिल्मको ट्रेलर रिलिज भइसकेको छ ट्रेलर हेरेर उनले फिल्ममा गरेको मेहेनत प्रष्टै बुझिन्छ यद्यपी उनको प्याच्च बोल्ने बानीका कारण बलिउडमा धेरै मित्र भन्दा पनि उनको दुश्मन बढेका छन् ।

कंगनाले काम गर्न क्रममा धेरैसँग सम्बन्ध बिगारेकी छिन् । त्यो बिग्रिएको सम्बन्धले उनलाई यतिबेला असर पारेको छ । सिनेकर्मीहरूले उनको फिल्मको खुलेर प्रशंसासमेत नगरेको अवस्थामा यी अभिनेत्री एक्लै फिल्म मणिकर्णिकाको प्रचारमा जुटेकी छिन् । यो फिल्म ११ माघबाट सिनेमा हलमा रिलिज हुँदै छ ।

हुन पनि कंगनाको सम्बन्ध अभिनेता अभिनेत्रीदेखि निर्देशक निर्मातासम्मका व्यक्तिसँग बिग्रिएको छ । एक समय अभिनेत्री कंगना र अभिनेता ऋतिक रोशनको सम्बन्ध राम्रो थियो । उनीहरू प्रेम सम्बन्धमा रहेको चर्चा पनि नचलेको होइन । आफू र ऋतिक रोशन प्रेम सम्बन्धमा रहेको कंगनाले मिडियालाई खुलासा गरिन् । यही विषयलाई लिएर कंगना र ऋतिकबीच विवाद बढ्यो र सम्बन्ध चिसियो । जसका कारण उनीहरूबीच बोलचाल नै बन्द भयो ।

एक समय अभिनेता आदित्य पँचौली र अभिनेत्री कंगना ‘रिलेसनसिप’मा थिए । उनीहरूको प्रेमले बलिउडमा निकै चर्चा पाएको थियो । त्यो प्रेम सम्बन्ध लामो समय टिक्न पाएन । प्रेम सम्बन्ध टुटेपछि यी दुईबीचको सम्बन्ध पनि पूर्ण रूपमा चिसियो । सम्बन्ध चिसिएपछि आदित्य र कंगनाले एकअर्कालाई हेर्न पनि छाडेका छन् ।

यी दुई अभिनेतासँग प्रेम सम्बन्धका कारण सम्बन्ध बिग्रिएको र यी अभिनेत्रीको अन्य अभिनेत्रीसँग पनि सम्बन्ध राम्रो छैन । कंगनाको अर्की अभिनेत्री दीपिका पादुकोणसँग सम्बन्ध चिसो भएको तीन वर्ष नाघिसकेको छ । दीपिकाको फिल्म हेप्पी न्यु इयर र कंगनाको फिल्म क्विनमध्ये हेप्पी न्यु इयरले अवार्ड पाएपछि उनीहरूको सम्बन्ध चिसिएको हो । यी अभिनेत्रीको सम्बन्ध अर्का अभिनेत्री सोनी सुदसँग पनि बिग्रिएको छ । फिल्म मणि कर्णिकामा यी दुईको सम्बन्ध बिग्रिएको हो । जसका कारण सोनी सुदले यो फिल्ममा पछि काम नै छाडेका थिए ।

यी अभिनेत्रीको सम्बन्ध निर्माता निर्देशक करण जौहरसँग पनि राम्रो छैन । दुवैबीच कफी विद करण कार्यक्रममा विवाद भएको हो । त्यो विवाद बढ्दै गएपछि उनीहरूको सम्बन्ध चिसिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल आर्ट काउन्सिल, बबरमहलमा फोटो प्रदर्शनी शुरु
नेपाल आर्ट काउन्सिल, बबरमहलमा फोटो प्रदर्शनी शुरु
ढुंगा बन्दै आठ वर्षका मेहन्दीको शरीर
ढुंगा बन्दै आठ वर्षका मेहन्दीको शरीर
उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन
उदयपुर सिमेन्ट उद्योगबाट पूर्ण क्षमतामा सिमेन्ट उत्पादन
विश्वकप क्रिकेटः आज पाकिस्तान र वेस्ट इण्डिजबिच खेल हुने
विश्वकप क्रिकेटः आज पाकिस्तान र वेस्ट इण्डिजबिच खेल हुने
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
जेल फोडेर भागेका थप एक जना पक्राउ
जेल फोडेर भागेका थप एक जना पक्राउ
कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल
कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल
यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल
यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल
आगलागीबाट रु १२ लाखको क्षति
आगलागीबाट रु १२ लाखको क्षति
डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला
डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

तपाईंले छुटाउनुभयो कि?