‘मौलिक संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति’

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ३२, २०७६
|
|
५६ पटक हेरिएको
Shares
‘मौलिक संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति’

सारांश

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ ।
  • नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताउनुभयो ।
  • संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न सकिने उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ ।

नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताउनुभयो । संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न सकिने उहाँको भनाइ थियो । “यसको संरक्षण हामी सबैको साझा दायित्व हो”, उहाँले भन्नुभयो ।

विभिन्न चाडपर्व, संस्कृति, वेषभूषा, धार्मिक मेला, महोत्सव र सीपमा नेवार जाति समृद्ध रहेको मुख्यमन्त्री गुरुङले बताउनुभयो । मौलिक पर्व तथा संस्कृतिले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । मुलुकको विविध संस्कृति र सीपलाई जगेर्ना गर्दै आधुनिकतामा विशिष्टिकरण गरी नयाँ पुस्तालाई हस्तान्तरण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेवा खल कास्कीका उपाध्यक्ष एवम संस्कृतिविद् तीर्थ श्रेष्ठले रञ्जन लिपी नेपालको संस्कृति भएकाले यसको जगेर्ना गर्नका लागि सरोकारवालाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा पोखरा बजारमा गाईजात्रालगायत विभिन्न पर्व र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने नेवार समुदायका अग्रजहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ २ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आजको शुभ अंक
सरकारले कुनै कसर बाँकी नराख्ने:प्रधानमन्त्री
सरकारले कुनै कसर बाँकी नराख्ने:प्रधानमन्त्री
पहिलो ओभरमै नेपाललाई सफलता, सोमपालले लिए विकेट
पहिलो ओभरमै नेपाललाई सफलता, सोमपालले लिए विकेट
श्रीमती कांग्रेस उम्मेदवार , श्रीमान चुनाव बहिस्कार
श्रीमती कांग्रेस उम्मेदवार , श्रीमान चुनाव बहिस्कार
सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता चाहेको छ : संचारमन्त्री बास्कोटा
सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता चाहेको छ : संचारमन्त्री बास्कोटा
निगमको प्रथम वाइड बडी जहाज आज पहिलोपटक बिमानस्थलमा अवतरण
निगमको प्रथम वाइड बडी जहाज आज पहिलोपटक बिमानस्थलमा अवतरण
आजदेखि अन्तराट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने
आजदेखि अन्तराट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने
गर्भवती तथा सुत्केरीले निःशुल्क सेवा पाउनुपर्ने माग
गर्भवती तथा सुत्केरीले निःशुल्क सेवा पाउनुपर्ने माग
म्याग्दीमा मतदान शुरु, ११२ वर्षका भण्डारीद्वारा मतदान
म्याग्दीमा मतदान शुरु, ११२ वर्षका भण्डारीद्वारा मतदान
​यस्ता छन् ‘बिमस्टेक’ सम्मेलनमा जारी ‘काठमाडौं घोषणापत्र’को मुख्य–मुख्य बँदा
​यस्ता छन् ‘बिमस्टेक’ सम्मेलनमा जारी ‘काठमाडौं घोषणापत्र’को मुख्य–मुख्य बँदा