सडक भत्काउँदा काठमाडौँ महानगरलाई जानकारी दिनुपर्ने- विद्यासुन्दर शाक्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सडक भत्काउँदा काठमाडौँ महानगरलाई जानकारी दिनुपर्ने- विद्यासुन्दर शाक्य

सारांश

  • काठमाडौँ मानगरपालिकाभित्र कसैले सडक भत्काएमा सबैभन्दा पहिले महानगरलाई जानकारी दिनुपर्ने छ ।
  • काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडक भत्काउने र बनाउने गरेकै कारण नै स्थानीयवासीले धेरै सास्ती खेप्नुपरेको भन्दै आगामी दिनमा महानगरभित्र रहेका सडक भत्काउँदा महानगरलाई जानकारी दिनुपर्ने बताउनुभयो ।
  • “कहाँको सडक भत्काउँदै हो, कसले भत्काउन लागेको र कहिलेसम्म बनाइसक्ने हो, सबै जानकारी महानगरलाई गराउनुपर्छ,” प्रमुख शाक्यले भन्नुभयो ।

काठमाडौँ मानगरपालिकाभित्र कसैले सडक भत्काएमा सबैभन्दा पहिले महानगरलाई जानकारी दिनुपर्ने छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडक भत्काउने र बनाउने गरेकै कारण नै स्थानीयवासीले धेरै सास्ती खेप्नुपरेको भन्दै आगामी दिनमा महानगरभित्र रहेका सडक भत्काउँदा महानगरलाई जानकारी दिनुपर्ने बताउनुभयो ।

“कहाँको सडक भत्काउँदै हो, कसले भत्काउन लागेको र कहिलेसम्म बनाइसक्ने हो, सबै जानकारी महानगरलाई गराउनुपर्छ,” प्रमुख शाक्यले भन्नुभयो । जथाभावी सडक भत्काउँदा सर्वसाधारणले समस्या भोक्नु परेकाले पूर्व जानकारी गरेरमात्र भत्काउन तथा प्राथमिकताको साथ निर्माणको काम गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माको अध्यक्षतामा बसेको बैठकले महानगरको अधिनमा रहेको आठ मिटरसम्मको सडक होस् या सडक विभागले बनाउने ठूला सडक भत्काउँदा निर्माण गर्ने कार्ययोजनासहित महानगरलाई जानकारी दिनुपर्ने निर्णय गरेको थियो । सहरको विकास निर्माणको काममा विभिन्न संस्थाको संलग्नता रहेकाले विकासको काम गर्दा समन्वय रहोस् भन्ने उद्देश्यले यस किसिमको अवधारण ल्याइएको शर्माले बतायो ।

(ctlsites.uga.edu)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Gobinda Pokhrel

    Asko kama xain

      Comment Author

      Krishna Thakuri

      पहिला सृसक पढ्नुस अनि कमेन्ट गर्दा राम्राे हुन्थ्याे की

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?