कसरी पक्राउ परे टोपबहादुर रायमाझी

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १, २०८०
|
|
५६ पटक हेरिएको
Shares
कसरी पक्राउ परे टोपबहादुर रायमाझी

सारांश

  • काठमाडौं ।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् ।
  • २० वैशाखमा प्रहरीले रायमाझीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी बुझेको थियो ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । २० वैशाखमा प्रहरीले रायमाझीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी बुझेको थियो ।

त्यसयता पक्राउबाट बच्न उनी फरार रहँदै आएका थिए । पक्राउ पुँजी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

‘रायमाझी शनिबार काठमाडौं आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको हो,’ नेपाल प्रहरीका कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी भूपेन्द्र खत्रीले राजधानीसँग भने । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

रायमाझी २० वैशाखका दिन अर्घाखाँचीको आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक विद्यालयको कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुन पुगेका बखत उनीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको थियो । उनी सोही दिन अर्घाखाँचीबाट बुटवल हुँदै भैरहवासम्म पुगेको सूचना प्रहरीले पाएको थियो । तर, भैरहवा आएपछि उनी सम्पर्कविहीन हुँदै फरार भएका थिए । प्रहरीले रायमाझी पक्राउ नपरेपछि ७७ वटै जिल्लामा उनलाई नियन्त्रणमा लिन सर्कुलर गरेको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले रायमाझीलाई प्रहरीले ट्र्याक गरिरहेको अवस्थामा उनी शनिबार काठमाडौं प्रवेश गरेको सूचना पाएको र उनलाई पक्राउ गरिएको जानकारी दिएका हुन् । ‘रायमाझीलाई प्रहरीले फ्लो गरिरहेकै थियो, उनी शनिबारसम्म काठमाडौं बाहिरै थिए, शनिबार काठमाडौं आएको सूचनापछि प्रहरी उनको खोजीमा काठमाडौंका सबै क्षेत्रमा खटिएको थियो,’ उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख एसएसपी केसीले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पक्राउ गरिसकेको छ भने गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिसकेको छ । हालसम्म प्रहरीले रायमाझीसमेत गरी सो प्रकरणमा मुछिएका १३ जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउपर्ने अन्यमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गिरोहका नाइके भनिएका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी छन् । सन्दीप रायमाझी भने टोपबहादुरका छोरा हुन् ।

पक्राउ परिसकेका सबैलाई प्रहरीले धमाधम बयान लिइरहेको छ । प्रहरीले पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेर खोजी गर्दै आइरहेको छ । यस्तै, पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापा पनि प्रहरीको खोजीमा फरार सूचीमा छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेकाहरूविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंले आइतबार थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था:  सुरेन्द्र पाण्डे
संचार क्षेत्रलाई मर्यादित बनाउन पत्रकारलाई न्यूनतम पारिश्रमिकको व्यवस्था: सुरेन्द्र पाण्डे
आफ्नो थैली दह्रो राख, अरुलाई चोर दोष नलगाऊ : सुवास नेम्वाङ
आफ्नो थैली दह्रो राख, अरुलाई चोर दोष नलगाऊ : सुवास नेम्वाङ
आज २ हजार ७१ कोरोना संक्रमित थपिए
आज २ हजार ७१ कोरोना संक्रमित थपिए
फैजल खाँको दोस्रो इनिङ, बामगठबन्धनको तर्फबाट उम्मेदवार
फैजल खाँको दोस्रो इनिङ, बामगठबन्धनको तर्फबाट उम्मेदवार
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल
शान्तिप्रक्रियाबारे सिक्न अफगानिस्तानीहरु नेपालमा
शान्तिप्रक्रियाबारे सिक्न अफगानिस्तानीहरु नेपालमा
केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोज्यौँ : प्रधानमन्त्री प्रचण्ड
केपी ओलीले संसद विघटन ठिक थियो भनेपछि विकल्प खोज्यौँ : प्रधानमन्त्री प्रचण्ड
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना