कागबेनीलाई पुरानै लयमा फर्काइँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३०, २०८०
|
|
२७ पटक हेरिएको
Shares
कागबेनीलाई पुरानै लयमा फर्काइँदै

सारांश

  • म्याग्दी।
  • दुुई महिनाअघिको बाढीको पीडा भुुलेर मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटेका छन्।
  • गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुर्‍याएको थियो गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताए।

म्याग्दी। दुुई महिनाअघिको बाढीको पीडा भुुलेर मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटेका छन्। गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुर्‍याएको थियो

गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताए।

“बस्तीमा पसेको बाढीको गेग्रान पन्छाउने काम जारी छ। बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर बगाइएको छ। अस्थायी पुल बनाएर आवतजावतको व्यवस्था मिलाइएको छ ।

खानेपानी र विद्युत् आपूर्ति सहज बनाएका छौँ”, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका उनले भने, “बाढी पन्छाएर श्रद्धास्थल पनि बनाएका छाैं। यी काम गर्न छिमेकी गाउँका बासिन्दाले आर्थिक सहयोगका साथै श्रमदान गरेका छन्। सुरक्षा निकायले पनि जनशक्ति उपलब्ध गराएका छन्।

गाउँपालिका, दाता र प्रभावितहरूले रु एक करोडभन्दा बढी चन्दा जुटाएर कागबेनी बजारमा थुप्रिएको गेग्रान उठाएर फाल्ने काम गरिरहेका छन्। छिमेकी गाउँका बासिन्दाका साथै पोखरा, काठमाडौँ र विश्वका विभिन्न देशमा रहेका मुस्ताङवासीले सो सहयोग रकम संकलन गरेर पठाएका हुन्।

व्यक्तिगत घरभित्र पसेको गेग्रान पन्छाउन घरधनीले मजदुर परिचालन गरेका छन्। चन्दाको रकम परिचालन गरेर चार डोजर, ब्याकुहोलोडर परिचालन गरी खोला र सार्वजनिकस्थलको बाढीको गेग्रान निकालेर टिपरमा राखेर फाल्ने काम भइरहेको उनले बताए।

तिरीगाउँ र कागबेनीमा आवतजावत गर्न तीनवटा अस्थायी पुल बनाएर आवतजावत सहज बनाइएको छ। घर पूर्ण क्षति भएका बाहेकका सर्वसाधारण बाढी पन्छाएर घर र व्यवसायमा फर्किएका छन्।

बाढीले घर भत्काएपछि करिब एक महिना छिमेकीकोमा आश्रय लिएर बसेकी युनुङ गुरुङले गोठलाई मर्मत गरेर त्यहाँ बस्न थालेको र बाढी पन्छाएपछि घर पुनःनिर्माण गर्ने योजना रहेको बताइन्।

क्षतिग्रस्त भौतिक संरचनाको मर्मत र बाढी पन्छाएर जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कामलाई तीव्रता दिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए।

“बाढी र कटान नियन्त्रण गर्न तटबन्धको योजनाका लागि प्रदेश र संघीय सरकारसँग पहल गरेका छौँ”, उनले भने, “जोखिमको प्राविधिक अध्ययन गरेर बाढीको दिगो नियन्त्रणको योजना आवश्यक छ।”

भवनमा बाढी पसेपछि क्षति भएको जनशान्ति माविको भवन स्थानान्तरणको पहल गरिएको सहायक प्रअ मनवीर किसानले बताए। कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिले गरेको छ। सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनमा क्षति गरेको थियो।

कागखोलाको बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। नगद सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ।

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकीको भवन, तटबन्धनलगायत १४ गरी भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति पुगेको थियो।

व्यक्तिका ५० घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको थियो। उक्त बाढीबाट २९ घरमा पूर्ण क्षति पुगेको छ। नौ गोठमा पूर्ण र १५ मा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ पशु चौपाया पनि मरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२६ वस्तुमा निर्यात अनुदान, के–केमा छ अनुदान !
२६ वस्तुमा निर्यात अनुदान, के–केमा छ अनुदान !
देउवालाई एमालेको सुझाव–मनपरी निर्णय नगर्नुस्, राजीनामा दिएर घर जानुस्
देउवालाई एमालेको सुझाव–मनपरी निर्णय नगर्नुस्, राजीनामा दिएर घर जानुस्
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि
विरगन्जका मेयर परिवारका दुई जनासहित चार कर्मचारीमा कोरोना पुष्टि
रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी
रुकुम पूर्वको मतगनणा सकियो : सबै क्षेत्रमा वाम गठबन्धन विजयी
जापान जान प्रमाणपत्रको पछि नलाग्नु
जापान जान प्रमाणपत्रको पछि नलाग्नु
२३ गाई मृत भेटिए, भीरबाट खसालेर मारेको आशंका
२३ गाई मृत भेटिए, भीरबाट खसालेर मारेको आशंका
साथीलाई इ-सेवा चलाउन सिकाउनुस्, ३० रुपैयाँ कमाउनुस
साथीलाई इ-सेवा चलाउन सिकाउनुस्, ३० रुपैयाँ कमाउनुस
अब नेपाली सेनामा भनसुन र उपहार नचल्ने !
अब नेपाली सेनामा भनसुन र उपहार नचल्ने !
युरोपबाट फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, युरोपेली मुलुक नेपालमा लगानी गर्न इच्छुक
युरोपबाट फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, युरोपेली मुलुक नेपालमा लगानी गर्न इच्छुक
आजबाट ट्राफिक नियममा कडाइ : लामो दूरीका बसहरु आजदेखि बसपार्कबाटै छुट्नुपर्ने…
आजबाट ट्राफिक नियममा कडाइ : लामो दूरीका बसहरु आजदेखि बसपार्कबाटै छुट्नुपर्ने…

तपाईंले छुटाउनुभयो कि?