‘म सुदूरपश्चिमकी बुहारी हुँ’: डाक्टर आरजु

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
‘म सुदूरपश्चिमकी बुहारी हुँ’: डाक्टर आरजु

सारांश

  • धनगढी(कैलाली),५ मंसिर।
  • नेपाली कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकोले कैलालीमा निर्वाचन क्षेत्र रोजेको बताएकी छिन्।
  • उनले कैलालीसहित प्रदेश नम्बर ७ (सुदूरपश्चिम) को समग्र विकासलाई पहिलो प्राथमिकता बनाएकोले यहीबाट चुनाव लडेको दावी गरिन्।

धनगढी(कैलाली),५ मंसिर। नेपाली कांग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकोले कैलालीमा निर्वाचन क्षेत्र रोजेको बताएकी छिन्। उनले कैलालीसहित प्रदेश नम्बर ७ (सुदूरपश्चिम) को समग्र विकासलाई पहिलो प्राथमिकता बनाएकोले यहीबाट चुनाव लडेको दावी गरिन्।

‘मलाई काठमाडौं, बाँके, बर्दिया सहित धेरै ठाउँबाट चुनाव लड्न अनुरोध आएका थिए’ डा. राणाले भन्नुभयो,‘ तर मैले कैलालीको यो क्षेत्र रोजे ।’

क्षेत्र नम्बर ५ का नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार आरजुले मंगलबार धनगढी उपमहानगरपालिको वडा नम्बर ३ का बडहरा, विशालनगर, मसानटोल, चटकपुर लगायतका स्थानमा घरदैलौ र चुनावीसभा गरेकी छिन्।

अरुजुले पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर आयोजना, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, गेटा विमानस्थलको स्तरोन्नती, गौरिफन्टा नाको स्तरोन्नत, एक वर्षभित्र पोलिक्लिनिक इन्स्टिच्युटको स्थापना, विशेष औद्योगिक क्षेत्र लगायत सुदूरपश्चिमको तीब्र आर्थिक विकासका प्रमुख आधारका रूपमा रहेका योजनाहरू कांग्रेसले नै अघि बढाउने बताइन्।

 

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Matha Rabi

    चुनाबको नातक

    Comment Author

    Ssda Shrestha

    Vot magna lai aafule aafulai khub badi samjinxas hoina tero natak sab thaxa aba janata lai……..

    Comment Author

    Basar Miya

    तिमी बुहारी हो भने 50व बर्ष सम्म काङ्ग्रेस को राजनिती गरेका देओर बाबू हरु को पालो कहिले आउने हो ।।।कि पैसा र पाओर देखाउन मात्र चुनाब मा आको हो ।।ठ्याक्कै बिहार को जस्तो राजनिती नेपाल को।।।

    Comment Author

    Ramesh Tamang

    no vote for u .

    Comment Author

    Sanjib Tamang

    गफ हक्छे

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?