रवि लामिछाने भन्छन्- समितिले मैले सहकारी ठगी नगरेको प्रमाणित गरेको छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३१, २०८१
|
|
३९ पटक हेरिएको
Shares
रवि लामिछाने भन्छन्- समितिले मैले सहकारी ठगी नगरेको प्रमाणित गरेको छ

सारांश

  • काठमाडौं।
  • सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले कारवाहीको सिफारिस गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुले सहकारी ठगी गरेको आरोपबाट मुक्त भएको बताएका छन्।
  • संसद बैठकपछि बाहिर निस्किने क्रममा सभापति लामिछानेले आफूले प्रबन्ध निर्देशकको रुपमा काम गरेको र आफुले सहकारी ठगेको भन्ने विषय प्रमाणित नभएको बताएका हुन्।

काठमाडौं। सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले कारवाहीको सिफारिस गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुले सहकारी ठगी गरेको आरोपबाट मुक्त भएको बताएका छन्।

संसद बैठकपछि बाहिर निस्किने क्रममा सभापति लामिछानेले आफूले प्रबन्ध निर्देशकको रुपमा काम गरेको र आफुले सहकारी ठगेको भन्ने विषय प्रमाणित नभएको बताएका हुन्।

उनले भनेका छन्- ‘लगानीकर्ताले ल्याएको स्रोत हेर्ने अथोरिटी मेरो जानकारीमा हुँदैन। आएको चिजलाई एमडीको रुपमा कर्मचारीलाई तलब पनि दिनुपर्ला। मुल मुद्दा भनेको सहकारी ठगीमा मेरो संलग्नता छ वा छैन भन्ने हो। मलाई सहकारी ठग भनिएको थियो। प्रतिवेदन चाहिँ हेर्न पाएको छैन। तर, जुन विषयमा लान्छना लागेको थियो, त्यसमा समितिले स्पष्ट पारेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?