नेपालले चाहँदैमा सार्क सम्मेलन सम्भव छैनः परराष्ट्रमन्त्री ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १०, २०७६
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • परराष्ट मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चाहँदैमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन सम्भव नभएको बताएका छन् ।
  • विनियोजन विधेयकमाथिको छलफलको क्रममा सोमबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामीले मात्रै चाहेर सार्क सम्मेलन आयोजना गर्न सक्ने अवस्था छैन तर पनि हामी निरन्तर प्रयत्नशील छौं ।
  • ’ मन्त्री ज्ञवालीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) र सार्क दुबै नेपालका लागि महत्वपूर्ण रहेको बताए ।

परराष्ट मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले चाहँदैमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन सम्भव नभएको बताएका छन् । विनियोजन विधेयकमाथिको छलफलको क्रममा सोमबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामीले मात्रै चाहेर सार्क सम्मेलन आयोजना गर्न सक्ने अवस्था छैन तर पनि हामी निरन्तर प्रयत्नशील छौं ।’

मन्त्री ज्ञवालीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) र सार्क दुबै नेपालका लागि महत्वपूर्ण रहेको बताए । बिमस्टेकको अध्यक्षको नाताले नेपालले सम्मेलन आयोजना गर्न सकेको तर सार्कको अध्यक्ष राष्ट्रले सम्मेलन आयोजना नगर्ने हुनाले नेपालले चाहदैमा सम्भव नहुने उनको भनाइ छ ।

सार्क सम्मेलनको विषयमा आफू न्यूयोर्क गएका बेला साइड लाइन छलफल भएको र अर्को साता कृषिमन्त्रीले भुटानमा हुने सार्क स्तरीय कृषि मन्त्रीहरूको सम्मेलनमा भाग लिन लागेको उनले जानकारी दिए ।

‘संयन्त्रहरू क्रियाशील छन् तर सम्मेलन हुन सकेको छैन’ बैठकमा उनले भने, ‘हामी आशावादी छौं सबै सदस्य राष्ट्रहरूले आफ्ना मतभिन्नताहरूलाई कम गर्नुुहुनेछ ।’

फरक प्रसंगमा मन्त्री ज्ञवालीले नेपाल भारत प्रवुद्ध समूहको प्रतिवेदन दुबै सरकारलाई अनुकुल हुने समयमा बुझ्ने र कार्यान्वयन हुने विश्वास रहेको बताए ।

बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को विषयमा नेपालले चीनलाई नौ वटा प्रस्ताव पठाएको र त्यस विषयमा मसिनो गरी काम भइरहेको उनले संसदलाई जानकारी गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?