चीनकाजीले भनेः कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
चीनकाजीले भनेः कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन्

सारांश

  • लोकतान्त्रिक गठबन्धनबाट गोरखा १ प्रतिनिधिसभाका उम्मेदवार चीनकाजी श्रेष्ठले कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न नसक्ने बताउँदै लोकतन्त्रवादी शक्तिहरु आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
  • प्रजातन्त्रमाथि सांघातिक हमला भएपछि लोकतान्त्रिक गठबन्धन गरिएको उनले बताए।
  • लोकतन्त्रलाई समाप्त गर्नका लागि राणा, राजा र माओवादी लागेको आरोप लगाउँदै श्रेष्ठले जनताले दुःख गरी ल्याएको लोकतन्त्र कसैले हरण गर्न नसक्ने बताए।

लोकतान्त्रिक गठबन्धनबाट गोरखा १ प्रतिनिधिसभाका उम्मेदवार चीनकाजी श्रेष्ठले कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न नसक्ने बताउँदै लोकतन्त्रवादी शक्तिहरु आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

प्रजातन्त्रमाथि सांघातिक हमला भएपछि लोकतान्त्रिक गठबन्धन गरिएको उनले बताए।

लोकतन्त्रलाई समाप्त गर्नका लागि राणा, राजा र माओवादी लागेको आरोप लगाउँदै श्रेष्ठले जनताले दुःख गरी ल्याएको लोकतन्त्र कसैले हरण गर्न नसक्ने बताए। चुनावी घरदैलोका क्रममा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले गोरखा सदरमुकामको ठूलो आँगनमा भने, ‘लोकतन्त्रलाई कसैले पनि हरण गर्न सक्दैन। जनतालाई कसैले हराउन सक्दैन। जनतालाई हराउनु भनेको लोकतन्त्र समाप्त गर्नु हो। लोकतन्त्रलाई हराउनु भनेको जनतालाई समाप्त गर्नु हो।’

प्रजातन्त्रलाई बचाउनु कांग्रेसको जिम्मेवारी भएको भन्दै श्रेष्ठले सहमति र सहकार्यको आधारमा लोकतन्त्र बचाउँदै देशलाई विकसित बनाउन कांग्रेस लागिपर्ने बताए ।

श्रेष्ठले बूढीगण्डकी जलबिद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआब्जा दिने कार्य अघि बढेको भन्दै बूढीगण्डकी प्रभावितलाई उचित ठाउँमा पुनस्र्थापना गर्ने पनि बताए । बेनिघाटदेखि आरुघाट हुँदै चीनको तिब्बत जोड्ने सडक ट्रयाक खन्ने कार्य नेपाली कांग्रेसकै सरकारले सुरु गरेको भन्दै श्रेष्ठले सो सडक निर्माण कार्य नेपाली सेनाले गरिरहेको बताए।

गोरखा १ प्रदेशसभा (क) का उमेद्वार कांग्रेस युवा नेता धिरन थापाले राजनीतिक मुद्दाहरु सल्टाइसकिएको बताउँदै अब आर्थिक विकास र संवृद्धिका लागि जनतासंग जोडिने खालको राजनीति आवश्यक रहेको बताए। लोकतान्त्रिक शक्तिलाई जनताले निर्वाचनमा मतदान गरी विजयी गराएर पठाएमा विकास, निर्माणका कार्यले तीब्रता पाउने थापाको भनाइ छ ।

(https://teledentistry.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?