काठमाडौँ बाहिर पनि भेटिए कोरोना संक्रमित, ४ पुग्यो संक्रमितको संख्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १४, २०७६
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौँ बाहिर पनि भेटिए कोरोना संक्रमित, ४ पुग्यो संक्रमितको संख्या

सारांश

  • नेपालमा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या चार पुगेको छ ।
  • आज अर्का संक्रमित धनगढीमा भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएपछि संख्या चार पुगेको हो ।
  • मन्त्रालयका अनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोभिड १९ भएको पत्ता लागेको हो ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या चार पुगेको छ । आज अर्का संक्रमित धनगढीमा भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएपछि संख्या चार पुगेको हो ।

मन्त्रालयका अनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोभिड १९ भएको पत्ता लागेको हो । चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो । यो उपत्यकाबाहिर पत्ता लागेको पहिलो रोगको केस हो । उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ । संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

११ चैत्रमा अस्पताल भर्ना भएपनि उनको स्वाबको नमूना परीक्षणका लागि पठाइएको थियो । परीक्षणका क्रममा आज साँझ आएको रिपोर्टमा कोभिड १९ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म संक्रमितमध्ये सबै विदेशबाट आएका छन् । चौंथो संक्रमित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्रिएर काठमाडौं हुँदै धनगढी पुगेको खुलेको छ । यसबाट उनी क कस्को सम्पर्कमा पुगे भन्नेबारे समेत अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?