सहकार्यबाटै सरकार बनाउँदै विपक्षि गठबन्धन
सारांश
- पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको छ ।
- सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा अघि सारेका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न अन्तरिम आदेश दिएपछि सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको हो ।
- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विपक्षी दल आबद्ध गठबन्धनको बैठकले सर्वोच्चको फैसलालाई स्वागत गर्दै सबैसँगको सहकार्यबाट नै सरकार गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा अघि सारेका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न अन्तरिम आदेश दिएपछि सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको हो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विपक्षी दल आबद्ध गठबन्धनको बैठकले सर्वोच्चको फैसलालाई स्वागत गर्दै सबैसँगको सहकार्यबाट नै सरकार गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
पौडेलले संविधान, लोकतन्त्र र परिवर्तनका पक्षमा उभिने सबैलाई बैठकले धन्यवाद दिएकोसमेत जानकारी दिए । आज सानो मन्त्रिपरिषद् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा आज मंगलबार सानो आकारको मन्त्रिपरिषद् बन्नेछ ।
विपक्षी गठबन्धनमा आबद्ध दलहरूबीच सोमबार साँझ कोटेश्वरमा भएको छलफलको सहमतिअनुसार आज सानो आकारको मन्त्रिपरिषद् बन्ने भएको हो । राजधानी दैनिकबाट
प्रतिक्रिया