सर्वोच्चको मुख्य रजिष्ट्रारमा निरौलालाई नियुक्ति गर्ने तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ८, २०७५
|
|
२० पटक हेरिएको
Shares
सर्वोच्चको मुख्य रजिष्ट्रारमा निरौलालाई नियुक्ति गर्ने तयारी

सारांश

  • काठमाडौं ।
  • न्याय परिषद् सचिवालय बैठकले सर्वोच्चका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईलाई पाटन उच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने निर्णय गरेको छ ।
  • सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष चोलेन्द्र समशेर राणाको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं । न्याय परिषद् सचिवालय बैठकले सर्वोच्चका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईलाई पाटन उच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष चोलेन्द्र समशेर राणाको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।

सर्वोच्चको मुख्य रजिष्ट्ररमा परिषद्का सचिव नृपध्वज निरौलालाई नियुक्त गर्ने तयारी रहेको न्याय परिषदको स्रोतले जनाएको छ ।

निरौलालाई सर्वोच्चमा मुख्य रजिष्ट्रारमा नियुक्ति गर्नका लागि भट्टराईलाई न्यायाधीश बनाएर पाटन पठाइएको स्रोतले जनाएको छ । आज न्याय सेवा आयोगको वैठक बस्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?