सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
सारांश
- सिरहा : सिरहाको कल्यणपुर नगरपालिका ५ निर्दनामा दुई प्रहरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।
- कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई गोली लागेको हो।
- प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजन भेटवालले जानकारी दिए।
सिरहा : सिरहाको कल्यणपुर नगरपालिका ५ निर्दनामा दुई प्रहरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई गोली लागेको हो।
प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजन भेटवालले जानकारी दिए।
उनले गोली प्रहारबाट घाइते प्रहरीद्वयको उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लगेको बताए। उनका अनुसार प्रहरी जवान यादव अवस्था चिन्ताजनक छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया