करोडौंका उपकरण अञ्चल अस्पतालमा थन्किए, बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
१५ पटक हेरिएको
Shares
करोडौंका उपकरण अञ्चल अस्पतालमा थन्किए, बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता

सारांश

  • राजविराज- विशेषज्ञ डाक्टरको अभावमा सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा करोडौं मुल्यका अत्याधुनिक उपकरण वेकम्मा भएर थन्किएका छन्।
  • अस्पतालको सेवा विस्तारका लागि उपलब्ध गराईएका उपकरण त्यसै थन्किएपछि सर्वसाधारणको उपचार सेवा प्रभावित भएको छ ।
  • तर, सरकोरवाला निकायको ध्यान पुगेको छैन।

राजविराज- विशेषज्ञ डाक्टरको अभावमा सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा करोडौं मुल्यका अत्याधुनिक उपकरण वेकम्मा भएर थन्किएका छन्।

अस्पतालको सेवा विस्तारका लागि उपलब्ध गराईएका उपकरण त्यसै थन्किएपछि सर्वसाधारणको उपचार सेवा प्रभावित भएको छ । तर, सरकोरवाला निकायको ध्यान पुगेको छैन।

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको विशेष पहलमा उपलब्ध अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया मेसिन, फूल अटोमेटिक ल्याव, होरिजेन्टल एक्स–रे मेसिन, अक्सिजन मेसिन र डायलाइसिस मेसिन जस्ता अत्याधुनिक उपकरण हालसम्म सञ्चालनमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दयाशंकर लाल कर्णले वताए।

मन्त्री थापाको पहलमा अस्पताललाई २ करोड २४ लाखको अत्याधुनिक उपकरण खरिद गरिएको र स्वास्थ्य विभाग तथा मन्त्रालयबाट समेत थप उपकरण उपलब्ध भएको जानकारी दिदै विशेषज्ञ डाक्टर नहुदा अधिकांश उपकरण प्रयोग विहिन भएको मेसु कर्णले जानकारी दिए।

अलपत्र अवस्थामा रहेका उपकरणको सञ्चालनका आफुले सक्दो प्रयास गरिरहे पनि सम्भव नभएको उनको भनाई छ । अस्पतालमा विशेषज्ञ चिकित्सक तथा विभिन्न सेवाको अभावपछि जटिल प्रकृतिका बिरामी उपचारका लागि धरान, विराटनगर तथा भारतको दरभंगालगायत सुविधासम्पन्न अस्पतालमा जान बाध्य छन्।

सर्वसाधारण तथा बिरामीको सहजताका लागि सरकार र सम्बन्धित निकायले तत्काल विशेषज्ञ डाक्टर पठाउनुपर्ने स्थानीयवासीको माग छ।

डाक्टरका अधिकांश पद रिक्त

अञ्चल अस्पतालमा दरबन्दीको अनुपातमा अधिकांश डाक्टरहरुको पद रिक्त छ । मेडिकल सुपरिटेण्डेन्ट सहित १९ विषयगत डाक्टरको दरवन्दीमा ६ जना मात्र कार्यरत छन्। जसका कारण बिरामीहरुलाई अन्यत्र पठाउनु पर्ने बाध्यता छ।

दैनिक १ सय ५० भन्दाबढि बिरामी आउने गरेको अञ्चल अस्पतालमा वर्षौदेखि विभिन्न विषयका विशेषज्ञसहित १ दर्जनभन्दा वढि डाक्टरको पद पुर्ति नहुँदा उपचार सेवा प्रभावित भएको मेडिकल सुपरिटेण्डेन्ट डा कर्ण बताउँछछन्। अस्पतालमा प्रसुति तथा स्त्री रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ लगायतको पद रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ।

९ औं तहका २/२ जना स्त्री रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फिजिसियनको पद पनि रिक्त छ। यस्तै, छालारोग विशेषज्ञ, प्याथोलोजिष्ट, एनेष्थेटिष्ट, कन्सलटेन्ट सर्जन, अर्थोपेटिक सर्जन, साइकेट्रिक सर्जन, जेनेरलोजिष्ट, रेडियोलोजिष्ट, अस्पताल नर्सिङ प्रशासक २ जना, मेडिकल अधिकृत ४ जना लगायतको पद पनि रिक्त रहेको कर्ण बताउँछन् । अधिकांश डाक्टरको रिक्त भएकै कारण विरामीको चाप बढेपनि सेवा दिन धौ–धौ परेको उनको भनाई छ।

हाल अस्पतालमा ११ औं तहका मेसु कर्ण, ९ औं तहका डा टेकनारायण मण्डल, डा रञ्जित झा, ८ औं तहका डा दिपा यादव र उषा देव मात्र उपलब्ध छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा
अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा
आलेख : गौरीशंकर जोगियोस्, पर्यटक ल्याउन पाइयोस् – उत्तरी दोलखाली
आलेख : गौरीशंकर जोगियोस्, पर्यटक ल्याउन पाइयोस् – उत्तरी दोलखाली
सत्य झुट हुन्छ अनी झुट सत्य ।
सत्य झुट हुन्छ अनी झुट सत्य ।
नेसनल प्याबसन प्रदेश न. ३ को जरूरी  सुचना ;
नेसनल प्याबसन प्रदेश न. ३ को जरूरी सुचना ;
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
संसद्मा बाधा अड्काउ फुकाउ आदेश पेस
संसद्मा बाधा अड्काउ फुकाउ आदेश पेस
जेठमा चुनाव हुने सम्भावना कम
जेठमा चुनाव हुने सम्भावना कम
११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान
११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान
असोज ११ गते शनिबारको राशिफल यस्तो छ
क बाट ‘कमरेड’, ख बाट ‘खतरा’, ग बाट ‘गन’ हुन्छ भनेर पढाइ हुने विद्यालयमा शुसासन पढ्दै विद्यार्थी !
क बाट ‘कमरेड’, ख बाट ‘खतरा’, ग बाट ‘गन’ हुन्छ भनेर पढाइ हुने विद्यालयमा शुसासन पढ्दै विद्यार्थी !

तपाईंले छुटाउनुभयो कि?