मुकेश अम्बानीले प्रयोग गर्ने महङगा १० चीज

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २२, २०७६
|
|
२७ पटक हेरिएको
Shares
मुकेश अम्बानीले प्रयोग गर्ने महङगा १० चीज

सारांश

  • काठमाडौं, असार २२ ।
  • ‘सौख’ निकै ठूलो कुरा हो ।
  • जसले मानिसलाई अगाडि बढाउन निकै महत्वपूर्ण भूमिका खेल्छ ।

काठमाडौं, असार २२ । ‘सौख’ निकै ठूलो कुरा हो । जसले मानिसलाई अगाडि बढाउन निकै महत्वपूर्ण भूमिका खेल्छ । जब मानिस आफ्नो सौख पूरा गर्न मेहेनतका साथ लागि पर्छ तब उसले जीवनमा सफलता निकै छिट्टो प्राप्त गर्छ ।सौख पूरा गर्न मानिसले पैसा कमाउन सिक्छ । यसको जल्दोबल्दो उदाहरण हुन्, मुकेश अम्बानी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक ज्याक भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् ।भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।अम्बानी परिवार धनि हुनुका साथै उनीहरुको आफ्नो शोख पनि निकै फरक र महङ्गो हुने गर्छ ।त्यसैले त अम्बानीले आफ्नो ११ हजार करोडको घर बनाएका छन् । जसको नाम ‘एन्टीलिया’ राखिएको छ । उनका श्रीमती, छोरी र छोराहरु पनि उत्तिकै लायक र परिश्रमी छन् ।उनीसँग भएका गाडी, प्लेनका साथै अरु चीज पनि निकै महङ्गा र आर्कषक छन् । साथै संख्यामा पनि धेरै छन् । जुन हरेक मानिसको सपना हो ।

बोइङ बिजनेस जेट

मुकेश अम्बानीसँग २१ औँ शताब्दीको प्रविधिको प्रयोगबाट बनेको ७३ मिलियन डलर मूल्यको बोइङ बिजनेस जेट–२ छ ।

८।५ करोडको बीएमडब्लू

भारतको सबैभन्दा महङ्गो कारमा घुम्छन् अम्बानी । एक रिपोर्टको अनुसार यो कारको मूल्य १।९ करोड रुपैयाँ हो । तर उनको लागि यो कार जर्मनीद्वारा बनाइएको हो । बीएमडब्लू कारको आयात शुल्क ३०० ५ रहेको छ त्यसैले यसको मूल्य ८।५ करोड हो ।

द फाँल्कन–९००

उनको यो विमानमा १४ जना यात्रा गर्न सक्छन् । सुत्रको अुनसार यो एवियनिक्सको सबैभन्दा राम्रो श्रृखला हो । यसको मूल्य ४३।३ मिलियन डलर रहेको छ ।

मल्टी स्टारी ग्यारेज

मुकेश अम्बानी कारका निकै सौखिन हुन् । उनको घर एन्टीलियामा एक निकै ठूलो ग्यारेज रहेको छ जसमा १६८ वटा कार पार्किङ गर्न सकिन्छ । उनको घरको छतमा हेलीप्याड समेत रहेको छ ।

एयरबस–३१९

डीएनएका अनुसार मुकेश अम्बानीसँग एयरबस–३१९ पनि छ । जसमा १८० जना यात्रु यात्रा गर्न सक्छन् । र यसको मूल्य २३० करोड पर्छ ।

रोल्स रोयस

कारको रानी मानिने यो कार आफूसँग होस् , यो सपना हर कोहि मानिस देख्ने गर्छन् तर यो कार भारतमा अमिताभ बच्चन र मुकेश अम्बानीसँग मात्र छ ।

एस्टन मार्टिन ¥यापिड

यो कार अम्बानीको घरनजिकै २०१३ मा दुर्घटना भएको थियो । जसलाई फेरि बनाउन मात्र ४।५ करोड खर्च भएको थियो ।

मेब्याच–६२

डेली भास्करको अनुसार यो कारमा कन्फेरेन्सको सुविधासमेत रहेको छ । ५५१३ सीसी इन्जिन र प्रतिघण्टा २५० किमीको गतिमा कुद्ने यो कारमा एक घण्टामा पुग्ने ठाउँमा ५।४ सेकेण्ड लाग्छ ।

एन्टीलिया

मुकेश अम्बानीको घरको निर्माण गर्न कुल लागत १ विलियन , ४००००० वर्ग फुट जमिन , २७ वटा फ्लोर र उचाई ४० वटा विल्डिङ बराबरको छ ।

मर्सिडीज बेन्ज एस गार्ड

यो कार ६०० औँ पटक संशोधित संस्करण हो । यो कारको लेस सुरक्षा प्रणाली जेड श्रेणीको रहेको छ । यो पृथ्वीके सबैभन्दा विलासी र सुरक्षित कार हो ।

रिलायन्स कम्पनी

रिलायन्स कम्पनीसँग ऊर्जा, पेट्रोकेमिकल्स, वस्त्र, प्राकृतिक संसाधन, खुद्रा र दुरसञ्चार जस्ता विभिन्न क्षेत्रमा कारोबार रहेको छ । यसले हरेक वर्ष ४।७ विलियन फाइदा कमाउँछ र मुकेश अम्बानीले यसबाट ४४।७ प्रतिशत पाउँछन् ।एजेन्सीको सहयोगम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धितोपत्र बोर्डले लगानीकर्ताहरुले इन्टरनेटबाट आदेश दिन सक्ने सफ्टवेयर तयार
धितोपत्र बोर्डले लगानीकर्ताहरुले इन्टरनेटबाट आदेश दिन सक्ने सफ्टवेयर तयार
जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ
जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ
चिसापानी सिमसारलाई पर्यटकीय क्षेत्र बनाउन पहल
चिसापानी सिमसारलाई पर्यटकीय क्षेत्र बनाउन पहल
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
सुटिङ सुरु गरिसकेपछि एक्कासी आमिर खानले आफ्नै छोरालाई हिरो बन्न दिएनन्
सुटिङ सुरु गरिसकेपछि एक्कासी आमिर खानले आफ्नै छोरालाई हिरो बन्न दिएनन्
गान्धीका बारेमा के सोच्छन् उनका पाँचौँ पिढी
गान्धीका बारेमा के सोच्छन् उनका पाँचौँ पिढी
सिंहले फेसबुक लाइभमा आफैंलाई गोली हाने, गम्भीर घाइते
सिंहले फेसबुक लाइभमा आफैंलाई गोली हाने, गम्भीर घाइते
एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा
एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा
भारतीय विदेशमन्त्री भोली र चिनियाँ उपप्रधानमन्त्री सोमबार आउँदै
भारतीय विदेशमन्त्री भोली र चिनियाँ उपप्रधानमन्त्री सोमबार आउँदै
गल्ति गर्ने मेयर माफी माग्ने उपमेयर
गल्ति गर्ने मेयर माफी माग्ने उपमेयर

तपाईंले छुटाउनुभयो कि?