रुखमा छाप लगाएको मतपत्रसहित निर्वाचन अधिकृत पक्राउ
सारांश
- नुवाकोट, मंसिर ११।
- नुवाकोटमा एक मतदान अधिकृत नेपाली कांग्रेसका चुनाव चिन्हमा छाप लगाएको ५० मतपत्रसहित पक्राउ परेका छन्।
- नुवाकोट जिल्लाको क्षेत्र नं.
नुवाकोट, मंसिर ११। नुवाकोटमा एक मतदान अधिकृत नेपाली कांग्रेसका चुनाव चिन्हमा छाप लगाएको ५० मतपत्रसहित पक्राउ परेका छन्।
नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ स्थित श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन्।
मतदान करिब करिब सकिन लाग्दा साँझ रुखमा छाप लगाएर तयार गरिएको मतपत्र मतपेटिकामा खसाल्न लागेको अवस्थामा उनी समातिएका छन्। उनलाई तत्कालै स्थानीय मतदाता र वाम गठबन्धनका कार्यकर्ताले समातेर प्रहरीलाई बुझाएका थिए।
(Ultram)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया