झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न : ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १९, २०७७
|
|
२७ पटक हेरिएको
Shares
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न :  ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले आफ्नो आमाको बारेमा सार्वजनिक रुपमा रामकुमारी झाँक्रीले बोलेको अभिव्यक्तिबारे सामाजिक सञ्जाल फेशबुकमार्फत प्रश्न उठाएकी छिन्।
  • उनले झाँक्रीलाई आफ्नो आमाको सारीमा प्रश्न उठाउने तपाई को हो ?
  • भन्दै प्रश्न तेर्साएकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरणले आफ्नो आमाको बारेमा सार्वजनिक रुपमा रामकुमारी झाँक्रीले बोलेको अभिव्यक्तिबारे सामाजिक सञ्जाल फेशबुकमार्फत प्रश्न उठाएकी छिन्। उनले झाँक्रीलाई आफ्नो आमाको सारीमा प्रश्न उठाउने तपाई को हो ? भन्दै प्रश्न तेर्साएकी छिन् । उनले लेखेकी छिन्–” मेरो mom ले मलाई बोलाउनु भयो अनि भन्नुभयो- : सबै leadershi मा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन – पहिलेको समयमा इन्दिरा गाँधी देखी अन्तराष्ट्रीय जगतको कुरा गर्दा एँगेला मर्केलको उदाहरण दिनुभयो।आमाको मन हो- आफ्नो घाउ देखाउनु भएन, छोरीहरूमाथी यस्तो घटनाक्रमले पारेको आहतमा मलम लगाउन र हिम्मत दिन कोशिश गर्नुभयो। मेरो momको बारेमा तथानाम भन्न थालेको लगभग २०५२/५३ देखी हो, यो शुरू गर्ने पत्रकार अहिले retired वरिष्ठ पत्रकार र ठुलो नागरिक अगुवा भइसके। उनीहरूका नया र neoअवतार अहिले छन। म त्योबेला ११ वर्ष जती थिए, momले  phoneमा भन्नुहुँदैथियो-  “म किन अभियानमा ननिसकिनु!? किन घरमा लुक्नु!? उनीहरुले यही चाहेर यो सब गर्दैछन- म भाग्दिन।” मलाई त्योदिन देखीनै हिम्मत प्राप्त भयो। momले हामीलाई आफ्नो साहास र दृदताबाट शिक्षित गर्नुभएको छ। १ महिना अघि मैले यहीं (Facebookमा) भनेको थिएँ ( अदृश्य cyber bully  बाट अब सडकमा नारा लाउन शुरु भयो- हामिले आवाज बुलन्द नगरे यस्तो crimeभले झन ठुलो रूप लिन्छ-  एक महीना नबित्तदै त्यही भयो।”

यहाँ रामकुमारी झांक्रीलाई आफ्नो युवा नेता मान्नेले झांक्रीलाई सुनाइदिनु

१) गल्ती सेतो सारीमा होईन गल्ती दृष्टिकोणमा छ

२) गलत चुनाव लडाउनु होईन, उहाँमाथी त्यसबेलाका शीर्षनेताले गरेको व्यवहार र बोलीमा थियो- अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ-सोधनुहोस गएर!

३) तपाईं communist schooling को हो भने-  सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने- मेरो mom एउटा अकल्पनिय घटना सामना गर्दै हुनुहुन्थियो, तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ?   हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए, उहाँले daddyलाई मनपर्ने खानार अचार बनाउन छोडनु भयो,  उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौ, तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो!? हामी ९/१० वर्षको ले बुझयौ उहाँ  tragedy संग cope गर्ने कोशिशमा यो सब गर्दै हुनुहुन्थियो,  तपाईं महिला, ठुलो मान्छे भएर यती बुझनु भएन!!? तपाईंलाई अर्को कुरा भन्छु, दसैंमा टिका ग्रहणपनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाऊनु भयो- राष्ट्र प्रमुखको निधार खाली हुनुहुदैन भन्ने मान्यताले गर्दा- उहाँको बूढ़ी आमाले उहाँलाई प्रश्न गर्नु भएन जमरा मात्रै हातमा दिदा- तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो!? Tragedy cope  गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ- जुन बाटो स्वयम त्यो व्यक्तिले पनि voluntarily रोज़ेको  होईन। हरेक कुरा नाफा र नोकसानमा तुलना गर्न सकिदैन। यदी तपाईंलाई लाग्छ आफ्नो माया आफ्नो जीवनसाथी भन्दा माथी career  महत्वकांगछा हो भने,  ठाउ साटौ- तपाईं उहाँको सिन्दूर पोते रातो सारी, हाम्रो daddy, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस अनि तपाईंलाई हामीसंग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ- लिएर जानुस । झांक्रीलाई नेता मान्ने र सम्पर्कमा भएको ले यो छोरीको प्रश्न सुनाइदिनु”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?