पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका

सारांश

  • रुकुम(पश्चिम) ,१२, मंशिर रुकुम (पश्चिम) का सबै मतपेटिका सदरमुकाम ल्याइएको छ ।
  • सोमबार साँझ ७३ मतदानस्थलबाट सबै मतपेटिका सदरमुकाम ल्याइएको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिए ।
  • ४३ मतदानस्थलका मतपेटिका आइतबारै सदरमुकाम ल्याइएको थियो ।

रुकुम(पश्चिम) ,१२, मंशिर

रुकुम (पश्चिम) का सबै मतपेटिका सदरमुकाम ल्याइएको छ । सोमबार साँझ ७३ मतदानस्थलबाट सबै मतपेटिका सदरमुकाम ल्याइएको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी दिए । ४३ मतदानस्थलका मतपेटिका आइतबारै सदरमुकाम ल्याइएको थियो ।

आठ विकासकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी गाउँपालिकाका ३० वटा मतदानस्थलका मतपेटिका सोमबार साँझ सदरमुकाम ल्याइएको हो ।

प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक गरी जिल्लाभरका ३३३ मतपेटिका कडा सुरक्षाका बीच जिल्ला समन्वय समितिमा राखिएको छ । मतपेटिका राखिएको कोठामा मुसा समेत छिर्न नसक्ने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

यता रुकुम (पूर्व) का चारवटा मतदानस्थलका मतपेटिका पनि हेलिकोप्टर मार्फत सदरमुकाम रुकुमकोट ल्याइएको छ ।

पुथा उत्तरगंगा गाउँपालिकाको हुकाम, रन्मामैकोट, मैकोट र पेल्मा मतदानस्थलका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो । पैदल दुई दिन हिँडेर मतपेटिका ल्याउँदा सुरक्षा चुनौती हुने भएकाले मतपेटिका ओसार्न हेलिकोप्टरको सहायता लिनुपरेको थियो ।

उत्तरी गोरखाका १६ वटा मतदान केन्द्रका मतपेटिका पनि हेलिकोप्टरबाट ढुवानी गरिएको छ भने गोरखा क्षेत्र नम्बर २ को मतपेटिका जिल्ला समन्वय समितिमा सिल गरेर राखिएको छ । उता हिमालपारिको जिल्ला मनाङमा सबै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सोमबार सदरमुकाम चामे ल्याइएको छ ।

चार गाउँपालिका रहेको मनाङमा ‘नार फु’ मा रहेका पाँच मतदान केन्द्रलाई अति संवेनदशील सूचीमा राखिएको थियो । त्यसैगरि ताप्लेजुङका उच्च हिमाली गाउँमा रहेका चार मतदान केन्द्रका मतपेटिका सोमबार हेलिकोप्टर मार्फत जिल्ला सदरमुकाम ल्याइएको छ ।
नयाँपत्रिकाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?