आज सपथ लिदै ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३१, २०७८
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४२औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९३० अनुसार प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।
  • प्रधानमन्त्री ओलीको शपथ ग्रहण शुक्रवार दिउँसो तय गरिएको छ ।

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४२औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९३० अनुसार प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

प्रधानमन्त्री ओलीको शपथ ग्रहण शुक्रवार दिउँसो तय गरिएको छ । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ र त्यो सिद्ध गर्न नसके धारा ७६९५०अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि सफल नभए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएका थिए । उनले प्रतिनिधिसभामा विश्वासको मत लागि भएको मतदानमा तत्काल कायम २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । ओलीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो । प्रधानमन्त्री ओली कामचलाउ भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय दिँदै नयाँ सरकारका लागि आह्वान गरेका थिए ।

बहुमतको सरकार गठनका लागि ३ दिनसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच प्रयास भएको थियो । तर, अन्तिम समयमा आएर नेकपा एमालेको माधवकुमार नेपाल पक्षको असहयोग र जसपाकै महन्थ ठाकुर ओलीतिर ढल्किँदा गठबन्धनको सरकार बनाउने योजना सफल हुन सकेन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?