सरकारले कल सेन्टर सुरु गर्दै सर्वसाधारणको गुनासो अब सिधै प्रधानमन्त्री र मुख्यसचिवले सुनुवाई गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सरकारले  कल सेन्टर सुरु गर्दै सर्वसाधारणको गुनासो अब सिधै प्रधानमन्त्री र मुख्यसचिवले सुनुवाई गर्ने

सारांश

  • काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वसाधारण जनताका महत्वपूर्ण गुनासाहरू आवश्यकताअनुसार तत्काल प्रधानमन्त्री र मुख्यसचिवसमक्ष पुग्ने गरी कल सेन्टरको सुरुवात गर्ने तयारी गरेको छ।
  • प्रधानमन्त्री कार्यालयले यसअघि हेलो सरकारमार्फत सर्वसाधारणका गुनासा संकलन गरी समस्या समाधानको पहल गर्दै आएको छ।
  • अब हेलो सरकार सेवालाई अझै उन्नत, विकसित र प्रभावकारी बनाउन कल सेन्टरमार्फत गुनासो सम्बोधन गर्ने प्रयास थालिएको हो।

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वसाधारण जनताका महत्वपूर्ण गुनासाहरू आवश्यकताअनुसार तत्काल प्रधानमन्त्री र मुख्यसचिवसमक्ष पुग्ने गरी कल सेन्टरको सुरुवात गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयले यसअघि हेलो सरकारमार्फत सर्वसाधारणका गुनासा संकलन गरी समस्या समाधानको पहल गर्दै आएको छ। अब हेलो सरकार सेवालाई अझै उन्नत, विकसित र प्रभावकारी बनाउन कल सेन्टरमार्फत गुनासो सम्बोधन गर्ने प्रयास थालिएको हो। कल सेन्टर गुनासो रेकर्ड र व्यवस्थापन गर्ने विशेष प्रविधियुक्त संयन्त्र हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना प्रविधि निर्देशक मुकेश रेग्मीले अब छिट्टै हेलो सरकार कक्षमा कल सेन्टर प्रणाली सुरुवात हुने जानकारी दिए। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मुख्य सचिव लीलामणि पौडेलका पालामा सर्वसाधारणका गुनासा संकलन गरी समाधान गर्न हेलो सरकार थालिएको थियो। त्यसबेला नै मुख्यसचिव पौडेलले कल सेन्टर पनि सुरु गर्ने उद्घोष गरेका थिए तर बजेटलगायत विभिन्न समस्याका कारण सुरु हुन सकेको थिएन।

कार्यालयका सूचना प्रविधि निर्देशक रेग्मीका अनुसार गत वर्ष पनि कल सेन्टर सुरु गर्न टेन्डर गरिएको पनि समयमा काम नभएपछि यसका लागि विनियोजित ७० लाख रुपैयाँभन्दा बढी रकम फ्रिज भएको थियो। तर हाल काम सुरु गर्न अर्थ मन्त्रालयबाट ७१ लाख ७७ हजार रुपैयाँ निकासा भएकाले यस पटक कल सेन्टरले निश्चित रूपमा काम थाल्ने रेग्मीले जनाए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सुरु गर्न लागेको कल सेन्टरबाट प्रधानमन्त्री, मन्त्री तथा मुख्य सचिवलगायत उच्च अधिकारीलाई सिधै कल फरवार्ड गरेर सर्वसाधारण आफैंले प्रधानमन्त्री तथा मुख्यसचिवसँग कुराकानी गर्न पाइने व्यवस्थासमेत मिलाइने छ। अहिले सञ्चालनमा रहेको हेलो सरकारमा सर्वसाधारणको गुनासो रेकर्ड हुँदैन। अब सुरु हुने कल सेन्टरमा भने सर्वसाधारणको गुनासो कम्प्युटरमा नै रेकर्ड हुने, सेवाग्राहीका पछिल्ला गुनासा सम्बोधन भए/नभएको सर्वसाधारणलाई तत्काल जानकारी हुने र क्षेत्रीय प्रशासन कार्यालयका हेलो सरकार कक्षमा प्राप्त गुनासालाई पनि केन्द्रबाटै ट्र््याक गर्न सकिने व्यवस्था हुने कार्यालयका सूचना निर्देशक रेग्मीले जानकारी दिए।

निर्देशक रेग्मीका अनुसार छिट्टै सुरु हुने कल सेन्टरबाट हाल रहेका सात सय ५३ वटा स्थानीय सरकारमा आउने गुनासासमेत केन्द्रमा रेकर्ड गरी सम्बन्धित स्थानीय तहमा पठाउन सक्ने प्रणाली विकास गरिएको छ। यसका लागि स्थानीय सरकारले आईपी फोन, हेडसेट, कम्प्युटर र सो कम्प्युटरमा कल सेन्टरको सफ्टवेयर राखे केन्द्र सरकारको कल सेन्टर र स्थानीय तहबीच लिंक कायम गर्न सकिने छ। स्थानीय तहले कल सेन्टरमा लिंक गर्न सके स्थानीय तहका गुनासाको जानकारीसमेत तत्काल स्थानीय तहमा पठाउन सजिलो हुने र त्यहाँको विकासमा समेत सहज हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले अपेक्षा गरेका छन्।वपूर्ण गुनासाहरू आवश्यकताअनुसार तत्काल प्रधानमन्त्री र मुख्यसचिवसमक्ष पुग्ने गरी कल सेन्टरको सुरुवात गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री कार्यालयले यसअघि हेलो सरकारमार्फत सर्वसाधारणका गुनासा संकलन गरी समस्या समाधानको पहल गर्दै आएको छ। अब हेलो सरकार सेवालाई अझै उन्नत, विकसित र प्रभावकारी बनाउन कल सेन्टरमार्फत गुनासो सम्बोधन गर्ने प्रयास थालिएको हो। कल सेन्टर गुनासो रेकर्ड र व्यवस्थापन गर्ने विशेष प्रविधियुक्त संयन्त्र हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना प्रविधि निर्देशक मुकेश रेग्मीले अब छिट्टै हेलो सरकार कक्षमा कल सेन्टर प्रणाली सुरुवात हुने जानकारी दिए। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मुख्य सचिव लीलामणि पौडेलका पालामा सर्वसाधारणका गुनासा संकलन गरी समाधान गर्न हेलो सरकार थालिएको थियो। त्यसबेला नै मुख्यसचिव पौडेलले कल सेन्टर पनि सुरु गर्ने उद्घोष गरेका थिए तर बजेटलगायत विभिन्न समस्याका कारण सुरु हुन सकेको थिएन।
कार्यालयका सूचना प्रविधि निर्देशक रेग्मीका अनुसार गत वर्ष पनि कल सेन्टर सुरु गर्न टेन्डर गरिएको पनि समयमा काम नभएपछि यसका लागि विनियोजित ७० लाख रुपैयाँभन्दा बढी रकम फ्रिज भएको थियो। तर हाल काम सुरु गर्न अर्थ मन्त्रालयबाट ७१ लाख ७७ हजार रुपैयाँ निकासा भएकाले यस पटक कल सेन्टरले निश्चित रूपमा काम थाल्ने रेग्मीले जनाए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सुरु गर्न लागेको कल सेन्टरबाट प्रधानमन्त्री, मन्त्री तथा मुख्य सचिवलगायत उच्च अधिकारीलाई सिधै कल फरवार्ड गरेर सर्वसाधारण आफैंले प्रधानमन्त्री तथा मुख्यसचिवसँग कुराकानी गर्न पाइने व्यवस्थासमेत मिलाइने छ। अहिले सञ्चालनमा रहेको हेलो सरकारमा सर्वसाधारणको गुनासो रेकर्ड हँुदैन। अब सुरु हुने कल सेन्टरमा भने सर्वसाधारणको गुनासो कम्प्युटरमा नै रेकर्ड हुने, सेवाग्राहीका पछिल्ला गुनासा सम्बोधन भए/नभएको सर्वसाधारणलाई तत्काल जानकारी हुने र क्षेत्रीय प्रशासन कार्यालयका हेलो सरकार कक्षमा प्राप्त गुनासालाई पनि केन्द्रबाटै ट्र्याक गर्न सकिने व्यवस्था हुने कार्यालयका सूचना निर्देशक रेग्मीले जानकारी दिए।

निर्देशक रेग्मीका अनुसार छिट्टै सुरु हुने कल सेन्टरबाट हाल रहेका सात सय ५३ वटा स्थानीय सरकारमा आउने गुनासासमेत केन्द्रमा रेकर्ड गरी सम्बन्धित स्थानीय तहमा पठाउन सक्ने प्रणाली विकास गरिएको छ। यसका लागि स्थानीय सरकारले आईपी फोन, हेडसेट, कम्प्युटर र सो कम्प्युटरमा कल सेन्टरको सफ्टवेयर राखे केन्द्र सरकारको कल सेन्टर र स्थानीय तहबीच लिंक कायम गर्न सकिने छ। स्थानीय तहले कल सेन्टरमा लिंक गर्न सके स्थानीय तहका गुनासाको जानकारीसमेत तत्काल स्थानीय तहमा पठाउन सजिलो हुने र त्यहाँको विकासमा समेत सहज हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले अपेक्षा गरेका छन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gb Chettri

    सबै तातै पानी बिगत्मा कति आए कतिगए ततो कतै लागेन यो सबै देखाउने दात मात्रै हुनेछन हुनेवाला केही छैन।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना र फाइभ जी बीच सम्बन्धको रहस्य के हो ? जहाँ फाइभ जी त्यहाँ बढी संक्रमण किन?
कोरोना र फाइभ जी बीच सम्बन्धको रहस्य के हो ? जहाँ फाइभ जी त्यहाँ बढी संक्रमण किन?
पर्यटनमा कोरोना कहरः १० महिनापछि पर्यटक गणना शुरु
पर्यटनमा कोरोना कहरः १० महिनापछि पर्यटक गणना शुरु
छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल
छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल
रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा बम, सेनाद्धारा डिस्पोज
रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा बम, सेनाद्धारा डिस्पोज
प्रेमी-प्रेमिकाबीच ३७ सेकेन्डमा नै ब्रेकअप गराइदिने ‘एप’
प्रेमी-प्रेमिकाबीच ३७ सेकेन्डमा नै ब्रेकअप गराइदिने ‘एप’
गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
गोरखामा धनसार भत्किँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
खाली गनगन मात्रै होइन, आत्मनिर्भर हुने कार्यक्रम ल्याउनुस् : मन्त्री पोखरेल
पीडित पुरुष धाउन थाले अदालत
पीडित पुरुष धाउन थाले अदालत
अबकाे सभापति म हाे: शशांक कोइराला
दाङ-२ मा रास्वपाको क्लिन स्विप: शंकर पोख्रेललाई २८ हजार मतान्तरले हराउँदै विपिन आचार्य विजयी
दाङ-२ मा रास्वपाको क्लिन स्विप: शंकर पोख्रेललाई २८ हजार मतान्तरले हराउँदै विपिन आचार्य विजयी

तपाईंले छुटाउनुभयो कि?