सोनावागढमा भेटिए गुप्तकालीन ईटा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
सोनावागढमा भेटिए गुप्तकालीन ईटा

सारांश

  • माधव बेल्वासे कपिलवस्तु (चन्द्रौटा) पुष १२,लुम्बिनी बिकासको पुरातत्व बिभागले सोनावागढ क्षेत्रमा उत्खन्नका क्रममा बिभिन्न गुप्तकालिन इँटाहरु भेटिएका छन ।
  • तिनदिन देखि जारी उत्खन्नमा सतह माथीनै भएरहेको उत्खन्नको क्रममा बिभिन्न गुप्तकालिन इँटा तथा कलात्मक इँटाहरु फेला पेरको पुरातत्वविद हिमाल कुमार उप्रेतीले जानकारी दिनु भयो ।
  • उत्खन्नको क्रममा घोडाका मुर्ती, माटोको भाडोका टुक्राहरु फेला परेको र सातौ देखी नवौ शताब्दीका भंग्नावसेसहरु फेला परेको पुरातत्वविद उप्रेतीले जानकारी दिनु भयो ।

माधव बेल्वासे

कपिलवस्तु (चन्द्रौटा) पुष १२,लुम्बिनी बिकासको पुरातत्व बिभागले सोनावागढ क्षेत्रमा उत्खन्नका क्रममा बिभिन्न गुप्तकालिन इँटाहरु भेटिएका छन । तिनदिन देखि जारी उत्खन्नमा सतह माथीनै भएरहेको उत्खन्नको क्रममा बिभिन्न गुप्तकालिन इँटा तथा कलात्मक इँटाहरु फेला पेरको पुरातत्वविद हिमाल कुमार उप्रेतीले जानकारी दिनु भयो ।
उत्खन्नको क्रममा घोडाका मुर्ती, माटोको भाडोका टुक्राहरु फेला परेको र सातौ देखी नवौ शताब्दीका भंग्नावसेसहरु फेला परेको पुरातत्वविद उप्रेतीले जानकारी दिनु भयो । उत्खन्नको क्रममा शिव मन्दिरहरुमा बनाइने शिवको वहान भेटिएको शिबराज नगरपालिका वडानम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनु भयो ।
शिबमन्दिरको पश्चिम पट्टीहुने नन्दी भेटिए सँगै शिव लिङग समेत हुन सक्ने वडा अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । मङगलबार बाट सुरु भएको उत्खन्न पौष २० गते सम्म रहने लुम्बिनी बिकासकोषका पुरातत्व अधिकृत कृष्ण बहादुर केसीले जानकारी दिनु भयो ।
सोनावागढ क्षेत्रमा करिव १५ सय बर्ष पुराना सिक्का हरु भेटिए पछि सोनावागढको पुरातात्विक महत्व, इतिहास र संरचनाको जानकारीका लागि उत्खनन गर्न लुम्बिनी बिकासकोष सँग पहल गरेको कपिलबस्तुका प्रदेश सांसद अर्जुन कुमार केसीले बताउनु भयो ।
संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै बस्तुहरू चोरी भैसकेको छ । अहिले पनि सोनावागढ मन्दिर आसपास पुराना इँटाहरु प्रस्टै रहेका छन । परिक्षण उत्खन्न सुरु गरिएकोले यो चरणले कहिले देखी मानव कृयाकलाप सञ्चालन रहेको छ भन्ने बारेमा जानकारी मिल्ने पुरातत्व अधिकृत केसीले जानकारी दिनु भयो ।
उत्खन्नको समयमा तिलौराकोटमा रहेका अन्तराष्टिय पुरातत्वविद हरुले समेत सोनावागढ अवलोकन गर्ने र उत्खन्नको प्रकृया सकिए पछि परिक्षण प्रकृया तथा रिपोर्ट जेठ सम्ममा आउने अधिकृत केसीले जानकारी दिनु भयो ।
कपिलबस्तुको प्रमुख धार्मीक स्थल सोनवागढ मन्दिरको उत्खन्न पछि अझै यसको प्रचार प्रसार तथा प्रर्यटकको मन तान्ने प्रदेश सांसद अर्जुन केसीले जानकारी दिनु भयो । बुद्ध सँग सम्बन्धित रहेको अनुमान गरिए पनि बुद्ध सँग सम्बन्धित कुनै बस्तु फेला परेको छैन । उत्खन्नको क्रममा नन्दी फेला परे पछि प्राचिन समयको शिबमन्दिर हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?