काठमाडौं महानगरद्वारा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३१, २०७९
|
|
२७ पटक हेरिएको
Shares
काठमाडौं महानगरद्वारा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु

सारांश

  • काठमाडौं ।
  • काठमाडौं महानगरपालिकाले डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।
  • महानगरका मेयर बालेन्द्र शाहले डेङ्गी भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताउनु भएको छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले डेङ्गी भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताउनु भएको छ ।

साथै सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा समेत लिन सकिने उहाँले बताउनु भएको छ । यसैबीच, डेङ्गी तीव्र रुपमा फैलिएपछि काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले आउँदो असोज ३ गते परेको संविधान दिवसको अवसर पारेर ‘स्टप डेङ्गी’ अभियान सञ्चालन गर्ने भएको छ ।

टोल सुधार समिति र महिला समूहको सक्रियतामा ‘स्टप डेङ्गी’-‘लामखुट्टे भगाऔँ, डेङ्गु हटाऔंँ’ अभियान सञ्चालन गर्न लागेकाले सबैलाई सहभागी हुन महानगरपालिकाले अनुरोध पनि गरेको छ ।

काठमाडौं उपत्यकासहित देशभर डेङ्गीको सङ्क्रमण फैलिएको छ । अझै दुई महिना डेङ्गीको उच्च जोखिम रहेकाले लामखुट्टे नियन्त्रणमा जोड दिइएको छ । लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।

(mrbonespumpkinpatch.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?