विप्लव समूह राजनीतिक हो कि आपराधिक भन्नेमै प्रधानमन्त्री निरुत्तरित !
सारांश
- काठमाडौं १९ मंसिर, ।
- पत्रकार विजयकुमारले कैलाली पुगेर प्रधानममन्त्री शेरबहादुर देउवालाई आइतबार साँझ सोधेका थिए– ‘निर्वाचनको दौरानमा भएका गतिविधिलाई कसरी हेरिरहनुभएको छ ?
- ’ जवाफमा प्रधानमन्त्री देउपाले विप्लव माओवादीतर्फ लक्षित गर्दै सो समूहलाई हेर्नेबारे अन्योल व्यक्त गरे ।
काठमाडौं १९ मंसिर, । पत्रकार विजयकुमारले कैलाली पुगेर प्रधानममन्त्री शेरबहादुर देउवालाई आइतबार साँझ सोधेका थिए– ‘निर्वाचनको दौरानमा भएका गतिविधिलाई कसरी हेरिरहनुभएको छ ?’
जवाफमा प्रधानमन्त्री देउपाले विप्लव माओवादीतर्फ लक्षित गर्दै सो समूहलाई हेर्नेबारे अन्योल व्यक्त गरे । विप्लव समूह राजनीतिक हो कि आपराधिक भन्नेमै प्रधानमन्त्री निरुत्तरित देखिए । निर्वाचनपछि यसबारे सर्वदलीय सहमति बनाउनुपर्ने उनको जवाफ थियो ।
विजयकुमारको प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले विप्लव समूहबारे यसो भने– ‘बुझ्नुपर्ने कुरा के छ भने नेपालमा कोही न कोही यस्तै तत्व सधैं आइराख्छ । कहिले के नाममा, कहिले के नाममा । अब चुनावपछि सर्वदलीय सहमति गरेर एउटा फैसलामा पुग्नैपर्छ, यस्ता गतिविधिको सामना कसरी गर्ने, कि वार्ता गर्नुपर्यो, कि मुकाबिला ।’ (अन्नपूर्णपोष्ट, १८ मंसिर ०७४)
प्रधानमन्त्रीले विप्लव समूहबारे यस्तो द्विविधायुक्त अभिव्यक्ति दिएको एक दिन नबित्दै कपनमा कांग्रेसका नेता–कार्यकर्तामाथि सांघातिक बम हमला भयो, जसमा गगन थापासमेत परे ।
आफ्ना नेता कार्यकर्ताहरुमाथि आक्रमण भएपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर बम आक्रमणमा सहभागीमाथि कडा कारवाही गर्न आफ्नै पार्टीको सरकारसँग माग गरे ।
कांग्रेसको सो प्रेस विज्ञप्तिमा बम आक्रमणमा संलग्नमाथि मात्रै कारवाहीको माग गरिएको छ, बम आक्रमण गराउने समूहका बारेमा केही भनिएको छैन ।
त्यसो त दुई साताअघि नुवाकोटमा कांग्रेस नेता डा. रामशहरण महत बम आक्रमणबाट मुस्किलले बचेका थिए ।
विभिन्न गतिविधि र कार्यका आधारमा हेर्दाखेरि विप्लव माओवादी अब राजनीतिक शक्तिका रुपमा नभएर ‘राजनीति’ को कभरमा आतंकवादी गतिविधिमा लाग्न थालेको देखिएको छ ।
तर, महतले विप्लव समूहलाई अचम्मसँग माया गर्दै सो आक्रमणमा विप्लव समूहको हात नभई आफ्नै प्रतिपक्षी वाम गठबन्धनका उम्मेदवार हितबहादुर तामाङको हात रहेको दाबी गरे । बमको दुन्दुभी अगाडिबाट डा. महतले विप्लव समूहको आलोचनामा एक शब्द पनि खर्चिएनन् ।
आखिर विप्लव समूहका नाममा जे जति बम हमलाका घटनाहरु भइरहेका छन्, यसबाट दर्जनौं मानिसहरु घाइते भएका छन् । दाङमा विनोद चौधरी नामका म्यादी प्रहरीको त बम आक्रमणबाट मृत्यु नै भइसकेको छ ।
तर, यो संघीन अवस्थामा पनि कांग्रेस नेताहरु घटनालाई अति नै हल्का र सामान्यरुपमा लिइरहेका छन् । विप्लवबारे प्रधानमन्त्री देउवामै अलमल देखिन्छ ।
आपराधिक समूहमा विप्लवको अवसान
विभिन्न गतिविधि र कार्यका आधारमा हेर्दाखेरि विप्लव माओवादी अब राजनीतिक शक्तिका रुपमा नभएर ‘राजनीति’ को कभरमा आतंकवादी गतिविधिमा लाग्न थालेको देखिएको छ ।
चुनाव बहिस्कारका नाममा उसले सर्वसाधारण नागरिकमाथि समेत आतंककारी हमला गरिरहेको छ । तर, उसले आफूलाई राजनीतिक पार्टी बताउन छाडेको छैन ।
विप्लव माओवादीको गतिविधि तराई मधेसमा एक समय देखिएको ज्वालासिंह र गोइत समूहको जस्तै प्रतीत हुन थालेको छ ।
यद्यपि ज्वालासिंह र गोइतले व्यक्ति हत्या र सिहंसाका घटनाहरु गराएपछि आफूले गरेको भने स्वीकार्ने गरेका थिए । विप्लव माओवादीले अहिलेसम्म कुनै पनि घटनाको जिम्मेवारी लिएको छैन ।
विप्लव समूहकै नाममा दिनहुँ हिंसात्मक घटनाहरु भइरहँदा पनि सो समूहका नेताहरु मौनता साँधेर बसिरहेका छन् । उनीहरुले कुनै पनि घटनाको जिम्मेवारी लिने इमान देखाउन सकेका छैनन् ।
विगतमा माओवादी पार्टीले कतिपय घटनाहरु गराएपछि त्यसको जिम्मा लिने गरेको थियो । तर, विप्लवले एउटै पनि बम काण्डको जिम्मा लिएका छैनन् ।
ती घटनाहरु आफूले नगरेको भनेर उनले खण्डन पनि गर्न सकेका छैनन् । यथार्थमा विप्लव समूहले जनतालाई गुमहराहमा राखेर हत्या हिंसालाई प्रश्रय दिइरहेको छ ।
राजनीतिकभन्दा बढी आपराधिक क्रियाकलापमा लागेको विप्लव समूहको पतन ज्वाला सिंह र गोइत समूहकै रुपमा भइसकेको स्पष्ट देखिन थालेको छ ।
भावी सरकारले के गर्ला ?
अब निर्वाचनपछि गठन हुने सरकारले विप्लव समूहलाई के गर्ला ? प्रधानमन्त्री देउवाले भनेजस्तै यसबारे एउटा टुंगोमा पुग्नैपर्ने देखिएको छ । या त ऊसँग वार्ता गरेर एउटा समझदारीमा पुग्ने या उनीहरुको मुकाविला गर्ने ।
वाम गठबन्धनको सरकार बन्ने स्थितिमा भावी प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हामीले चुनावपछि विप्लव माओवादीलाई कसरी लिनुहुन्छ भनेर सोधेका थियौं ।
ओलीले जवाफमा भने– ‘गैरकानूनी असंवैधानिक क्रियाकलापलाई छुट दिन सकिँदैन ।’
तर, एमाले अध्यक्ष ओलीले चुनावपछि विप्लव समूहबारे कडा रुप अपनाउने भने पनि ओलीसँगै गठबन्धनमा रहेका माओवादी अध्यक्ष प्रचण्ड भने अहिलेसम्म लगभग मौन रहँदै आएका छन् ।
विप्लव विगतका माओवादी लडाकु हुन् । तर, अहिले उनको अवसान गैरराजनीतिक समूहका रुपमा भइरहेको छ । विप्लव समूहले माओवादी, कांग्रेस, एमाले सबै दलका उम्मेदवारमाथि बराबर बम हमला गरिरहेको छ ।
हुन त यो चुनावमा बम पड्काउनेहरु विप्लव समूहका मात्रै नहुन सक्छन् । तर, यो हत्या हिंसाको मुहान विप्लव समूह नै हो, जसले नबोलिकन हिंसालाई प्रश्रय दिइरहेको छ ।
वा त्यस्ता हमलाबारे चुप लागेर उसले हत्या हिंसालाई प्रश्रय दिइरहेको छ । तैपनि माओवादी नेताहरु विप्लव समूहलाई उदारवादी नजरले हेरिरहेका छन् ।
यो कुरा निश्चित छ कि भोलि बन्ने सरकारले विप्लव माओवादीबारे एउटा नीति बनाउनैपर्छ । चुनावका क्रममा उसका सैयौं कार्यकर्ताहरु पक्राउ परेका छन् ।
चुनावपछि तिनलाई रिहा गर्ने या त्यसका नेता विप्लव, खड्गबहादुर बिक वा धर्मेन्द्र बास्तोलाहरुलाई समेत समातेर जेलमा हाल्ने ? भावी सरकारले यसबारे फैसला लिनैपर्ने देखिएको छ ।
तर, त्यसबेला माओवादी केन्द्रले फेरि पनि विप्लव समूहलाई आपराधिक समूहका रुपमा नभएर राजनीतिक शक्ति बताउने सम्भावना छ ।
त्यस्तो भयो भने विप्लवलाई हेर्ने सवालमा देउवाले भनेजस्तो सर्वदलीय सहमति नजुट्न सक्छ । र, यसको फाइदा विप्लव समूहले उठाउने र यस्तै हिंसाका घटनाहरु गराइरहने सम्भावना बढ्नेछ ।
चुनावपछि यो प्रश्न निश्चय नै सतहमा रहने छ कि मुलुकलाई स्थायी शान्ति, राजनीतिक स्थिरता र विकासको बाटोमा लैजाने क्रममा यो विप्लव समूह नामको हिंसात्मक समूहलाई पालेर राख्ने कि समस्या समाधान गर्ने ? र, यही प्रश्न सिके राउत वा अन्य त्यस्तै समूहहरुको हकमा पनि सत्य हो ।
हुन त यो चुनावमा बम पड्काउनेहरु विप्लव समूहका मात्रै नहुन सक्छन् । तर, यो हत्या हिंसाको मुहान विप्लव समूह नै हो, जसले नबोलिकन हिंसालाई प्रश्रय दिइरहेको छ ।
Krishna Thakuri
अरू केही होइन यो सबै सरकारको खेल हो नेत्रबिक्रम माओवादीकाे नाम प्रयोग गरि भारतीय नागरिकको प्रयोग गरिएको छ जब चुनाबकाे मिति ताेकियाे त्यसै बखत देखि भारतीय नागरिक हतियार सहिद पक्राउ परेको थियोे तर सरकार चुप बस्यो र आज पनि बम बनाउनकाे लागि लाग्ने उपकरण सहिद भारतीय नागरिक नै पक्राउ परको समचार आएको छ र पनि सरकार मौन बस्नुले नै सरकारको हात रहेको स्पष्ट हुन्छ
Lokendra Bista
Manislae marer kasto rajniti garnkhojeko hola aakhir maobadi le kepayo manis marnelae kasle sathdinx aaurlae kin marnu pareyo aapnoxora xori mareta bhayeni raharlagxbhane
Narottam Lal Maskey
K bolxa huttihara lye janataa aankit xa sarkaar chup xa vanxa nirdhakka sanga vote dinus.
Kamal Kamal
Apradik kirya kalap
Manoj Lamichhane
चुनाव पछि नियम बन्ला कि?