धनुषा क्षेत्र ४ मा एमालेका रघुवीर महासेठले अग्रता लिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
धनुषा क्षेत्र ४ मा एमालेका रघुवीर महासेठले अग्रता लिए

सारांश

  • २४ मंसिर, जनकपुर ।
  • मतगणनाका क्रममा शुरुदेखि नै पछि परेका एमाले नेता रघुवीर महासेठले धनुषा ४ मा अग्रता लिन शुरु गरेका छन् ।
  • महासेठले मतगणना आधाभन्दा बढी भएपछि राजपा—फोरमको मधेसवादी गठबन्धनलाई उछिनेका हुन् ।

२४ मंसिर, जनकपुर । मतगणनाका क्रममा शुरुदेखि नै पछि परेका एमाले नेता रघुवीर महासेठले धनुषा ४ मा अग्रता लिन शुरु गरेका छन् । महासेठले मतगणना आधाभन्दा बढी भएपछि राजपा—फोरमको मधेसवादी गठबन्धनलाई उछिनेका हुन् ।

मतगणनाको अन्तिम समयमा आएर महासेठको अग्रतासँगै एमाले कार्यकर्ताहरु मतगणनास्थलमा जम्मा हुन थालेका छन् । सो क्षेत्रमा कांग्रेसबाट खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव तेस्रो स्थानमा छन् ।

शुरुवाती चरणदेखि तेस्रो स्थानमा रहेका महासेठ अन्तिम समयमा आएर १५ हजार १ सय ८२ मत प्राप्त गरेर अगाडि आएका हुन् । राजपा—फोरम गठबन्धबाट उम्मेदवारी दिएका फोरम नेता महाजन यादव १४ हजार २ सय ८७ मत सहित दोस्रो स्थानमा छन् ।

यादव शुरुवाती चरणको परिणादेखि नै अग्रस्थानमा रहँदै आएका थिए । महासेठ र यादव बीच ८ सय ९५ को मतान्तर रहेको छ । कांग्रेसका नेता महेन्द्र यादव १३ हजार ७ सय ७० मत ल्याएर तेस्रो स्थानमा छन् ।

अब मतगणना एमालेको प्रभाव रहेका मिथिला नगरपालिकामा जारी छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Abishek Bulan

    वामगठबनधन को जित सुनिश्चित छ

    Comment Author

    Bhagwan Sah

    God jitnu parxa

    Comment Author

    Hira Pahadi

    Good..

    Comment Author

    Mahesh Shrestha

    Good lock

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?