सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला-२६ को निवेदन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०८१
|
|
२६ पटक हेरिएको
Shares
सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला-२६ को निवेदन

सारांश

  • काठमाडौं।
  • गौशाला–२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्दा अगाडि नबढाउन निवेदन दिएकी छन्।
  • उनले  सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन निवेदन दिएकी हुन्।

काठमाडौं। गौशाला–२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्दा अगाडि नबढाउन निवेदन दिएकी छन्। उनले  सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन निवेदन दिएकी हुन्।

गौशाला–२६ ले आफूलाई मानसिक रुपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्धामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन्।

उनले आफूलाई अहिले पनि धम्की आइरहेको र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी भइरहेकोले त्यसले मानसिक रुपमा असर गरिरहेको निवेदनमा उल्लेख गरेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ।

सन्दीपविरुद्धको मुद्धामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको आदेशलाई उल्ट्याउँदै निर्दोष रहेको फैसला दिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई सफाई दिएको थियो।

यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गत पुस २५ मा जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ लाख जरिवाना सुनाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?