रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २६, २०७९
|
|
३२ पटक हेरिएको
Shares
रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली

सारांश

  • मलेखु ।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गरेका छन् ।
  • एमालेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आज आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीका बारेमा आफूले सुनेको स्मरण गरे ।

मलेखु । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रुविभ्यालीजस्ता पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गरेका छन् ।

एमालेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आज आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीका बारेमा आफूले सुनेको स्मरण गरे ।

आफूले पहिलो पटक भ्यालीमा पाइला टेकेको भए पनि यहाँ पाइने पत्थरहरुको विशेषताबारे व्याख्या गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यहाँ पाइने रुवि पत्थर, सिलाजित लगायतका बहुमूल्य पत्थरहरु सङ्कलन गरेर सुरक्षित राखिरहेको बताए । यस्ता बहुमूल्य पत्थरहरु र खनिजपदार्थ पाइने ठाउँको विकास गर्न सरकारमार्फत आवश्यक बजेट व्यवस्थापनमा आफूले पहल गर्ने उनले बताए ।

धादिङबेँसीदेखि रुविभ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरोन्नति गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने पनि उनले बताए । अध्यक्ष ओलीले यस भ्यालीको सबैभन्दा चर्चित पर्यटकीयस्थल पाङ्साङ् पाससम्म सडक सञ्जाल पु¥याउन सकिने र आफू त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने दोहो-याउए ।

नेपाललाई चीनसँग जोड्ने सीमा पनि यस भ्यालीमै पर्ने भएकाले यहाँका जनतालाई केरुङसम्म जाने, व्यवसाय सञ्चालन गर्ने पासको व्यवस्था मिलाउन पहल गर्ने बताए ।
रुविभ्यालीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ १ गते शनिवारको राशिफल यस्तो छ
जेठ १ गते शनिवारको राशिफल यस्तो छ
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने
राम जि ले अमृता लाइ माया गर्न थाले पछि के भयो त हेर्नुस् भिडियो (भिडियो सहित
कसरी सामसुम भयो नेकपाको विवाद ?
नेकपा पोलिटव्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी कहिले तोक्ने ?
नेकपा पोलिटव्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी कहिले तोक्ने ?
पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा
पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा
पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो
पुँजीबजारमा गिरावट जारी, कारोबार सात अर्बमा खुम्चियो
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
चितवनमा प्रकोपका रुपमा देखिएको डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ
यसरी गरेका थिए नेका र माओवादीले बुथ कब्जा (भिडियो सहित)
यसरी गरेका थिए नेका र माओवादीले बुथ कब्जा (भिडियो सहित)
अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन: प्रियंका कार्की
अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन: प्रियंका कार्की

तपाईंले छुटाउनुभयो कि?