डोल्पामा बाम गठबन्धनकोे अग्रता कायमै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२३ पटक हेरिएको
Shares
डोल्पामा बाम गठबन्धनकोे अग्रता कायमै

सारांश

  • डोल्पामा बाम गठबन्धनको फराकिलो अग्रता बढ्दै छ ।
  • बिहिबार बेलुकी ९ बजेर तीस मिनेट देखि यहाँ मत गणना सुरु भएको हो ।
  • पछिल्लो मत परिणाम अनुसार बामगठबन्धनका तर्फबाट नेकपा एमालेका धनबहादुर बुढाले प्रतिनिधि सभामा ३ हजार ६०६ मत प्राप्त गरेका छन् ।

डोल्पामा बाम गठबन्धनको फराकिलो अग्रता बढ्दै छ । बिहिबार बेलुकी ९ बजेर तीस मिनेट देखि यहाँ मत गणना सुरु भएको हो । पछिल्लो मत परिणाम अनुसार बामगठबन्धनका तर्फबाट नेकपा एमालेका धनबहादुर बुढाले प्रतिनिधि सभामा ३ हजार ६०६ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका अंगदकुमार बुढाले १ हजार २ सय ६४ मत प्राप्त गरेका छन् ।

५ हजार १ सय ६५ मत गणना हुँदा बाम गठबन्धनका उम्मेद्वार धनबहादुर बुढाले २ हजार ३ सय ४२ मतान्तरले अग्रता लिएका छन् ।

नेकपा मालेका हर्कबहादुर ठकुल्लाले ८८ मत र राष्ट्रिय जनमुक्तिका अर्जुन बहादुर शाहीले २ मत प्राप्त गरेका छन् ।

यसै गरि प्रदेश क्षेत्र नं १ (क) मा बामगठबन्धनका तर्फबाट नेकपा एमालेका नन्दसिँह बुढाले ३ हजार ३ सय १५ नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले ९ सय ५७ मत प्राप्त गरेका छन् । अहिलेसम्म २०८ मत बदर भएको छ ।

प्रदेश क्षेत्र नं क मा ४ हजार ३ सय २७ मत गणना भइ सक्दा २ हजार ३ सय ५८ मतान्तरले बामगठबन्धनका नन्दसिंह बुढाले अग्रता लिएका छन भने ५५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञावलीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?