प्रतिनिधिसभा बैठकमा कसले के भने ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ८, २०७६
|
|
४० पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठकमा कसले के भने ?

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय जनता पार्टी नेपालले तराई, मधेशरथरूहट आन्दोलनको छानबिन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
  • प्रतिनिधिसभाको बुधबारको बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महरासँग समय माग गरी सो पार्टीका सांसद प्रमोद साहले संविधानमा नागरिकलाई नागरिकता प्राप्ति गर्न नरोक्ने प्रावधान रहेपनि कार्यान्वयनमा नआएकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

काठमाडौं। राष्ट्रिय जनता पार्टी नेपालले तराई, मधेशरथरूहट आन्दोलनको छानबिन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महरासँग समय माग गरी सो पार्टीका सांसद प्रमोद साहले संविधानमा नागरिकलाई नागरिकता प्राप्ति गर्न नरोक्ने प्रावधान रहेपनि कार्यान्वयनमा नआएकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

नेपाली काङ्ग्रेसका पुष्पा भुसालले संविधान, अन्तर्रा्ष्ट्रिय मानवअधिकारको विधि, मूल्यमान्यताका आधारमा प्रस्तावित मिडिया काउन्सिल विधेयक ल्याउन माग गर्दै सरकारले ल्याएको विधेयक लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएकाले आफ्नो पार्टीलाई विधेयक मान्य नरहेको स्पष्ट पारे।

नेका संसदीय दलको सचेतकसमेत रहेकी भुषालले राज्य नियन्त्रित मिडिया काउन्सिल विधेयक ल्याउन लागेको चर्चा गर्दै प्रस्तावित विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न सक्ने धारणा व्यक्त गरिन्।

बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । यस क्रममा सांसद भरतकुमार शाहले रुपन्देहीस्थित भैरहवा भन्सार कार्यालयलाई थप व्यवस्थित बनाउन माग गरे।

सांसद महेन्द्रकुमारी लिम्बूले महिला, बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न सरकारले प्राथमिकता दिन आग्रह गर्दै आजसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु दुःखद रहेको बताइन्।

सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले छायाँ सरकार गठन गरेकामा बधाई दिँदै सरकारलाई रचनात्मक सहयोग पुर्याउन आग्रह गरे।

सांसद मीना विश्वकर्माले महाराजगञ्जस्थित शहीद गङ्गालाल हृदयरोग अस्पतालमा उपचाररत एक बालिकाको मृत्यु के कारणले भयो भन्ने प्रश्न गर्दै सो घटनाका बारेमा छानबिन गर्न माग गरे।

सांसद मीना सुब्बाले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले ध्यान दिन र तत्कालीन राजा वीरेन्द्रको नाममा रहेको जमीन खोज गर्न सरकारसँग माग गरिन्।

सांसद यशोदा गुरुङ सुवेदीले कोटेश्वर कलङ्की सडक चौडा गरिए पनि सडक दुर्घटना बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै ठाउँठाउँमा पैदल यात्रीका लागि आकाशेपुल बनाउन सुझावसमेत दिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?