‘सजिनाज् क्रियसन’ क्रियसन उद्घाटनमा बर्षाले भनिन् ‘पहिरनमा बिषेश रुचि छ’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २६, २०७६
|
|
२० पटक हेरिएको
Shares
‘सजिनाज् क्रियसन’ क्रियसन उद्घाटनमा बर्षाले भनिन् ‘पहिरनमा बिषेश रुचि छ’

सारांश

  • काठमाडौं – अभिनेत्री बर्षा राउतले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधै पर्ने गरेको बताएकी छन् ।
  • बिहिवार राजधानीको नक्सालमा ‘सजिनाज् क्रियसन’ बुटिक उद्घाटन गर्दै उनले फेसनमा आफु सधै सजक रहेको समेत बताइन् ।
  • रिवन काटेर ‘सजिनाज् क्रियसन’ बुटिकको उद्घाटन गरेकी अभिनेत्री राउतले यो बुटिकको बिषेशता आफुलाई मन परेर जोडिएको बताइन् ।

काठमाडौं – अभिनेत्री बर्षा राउतले आकर्षक र नविनतम पहिरन आफ्नो रोजाइमा सधै पर्ने गरेको बताएकी छन् । बिहिवार राजधानीको नक्सालमा ‘सजिनाज् क्रियसन’ बुटिक उद्घाटन गर्दै उनले फेसनमा आफु सधै सजक रहेको समेत बताइन् । रिवन काटेर ‘सजिनाज् क्रियसन’ बुटिकको उद्घाटन गरेकी अभिनेत्री राउतले यो बुटिकको बिषेशता आफुलाई मन परेर जोडिएको बताइन् ।

‘क्रियसनकी संचालिका सजिना बिष्टसँग फ्यामिलीगत रिलेसन पनि क्रियसनसँग जोडिनुको अर्काे कारण रहेको उनले खुलाइन् । कुर्था, लेहेङ्गा, सारी आफ्नो बिषेश मनपर्ने पहिरन भएको बताएकी बर्षाले ‘सजिनाज् क्रियसन’ले पनि यस्ता पहिरनलाई बिषेश महत्व दिएकोले खुसी ब्यक्ति गरिन् । उनले थपिन् ‘सेलिब्रेटीको रोजाइमा पर्ने र उनीहरुले लगाउने सबै पहिरन यो बुटिकमा रहेछ ।

 

मेरो मात्र होइन धेरै सेलिब्रेटीका लागि पनि यो उपयुक्त बन्ने छ ।’ बुटिक सजिना बिष्टले संचालनमा ल्याएकी हुन् । धेरै फेसन शो र बिभिन्न सौदर्य प्रतियोगितामा समेत ड्रेस डिजाइनरको भुमिका निर्बाह गरिसकेकी बिष्टले दैनिक प्रयोगमा आउने क्याजुअल, ब्राइडल, इन्डोवेस्टन, गाउँन लगायतका पहिरनलाई बुटिकले प्राथमिकता दिएको बताइन् ।

‘नेपाली फिल्म, म्युजिक भिडियो, फेसन शो लगायत जुनै प्रकारको प्रायोजनका लागि नयाँ र आकर्षक पहिरन डिजाइन गर्न हामीलाई आपती छैन’ सजिनाले भनिन् ‘यो मेरो अध्यायन र सौखको बिषय पनि हो ।’ अध्यायन र सौखको बिषय बुटिक मार्फत ब्यवसायमा बदल्न लागेको उनको भनाई थियो ।
‘बुटिक फेसन’ भन्ने वित्तिकै ‘महँगो होला’ भन्ने बुझाइ आम मानिसमा छ ।

तर, त्यसलाई हामी चिर्न चाहन्छौँ’ बिष्टले थपिन् सर्वसाधारणको समेत पहुँच पुग्नेगरी ‘सजिनाज् क्रियसन’ सञ्चालनमा ल्याइएको हो ।’ अभिनेत्री बर्षाबाट बुटिक किन उद्घाटन गर्नु भयो ? मिडियाले सोधेको प्रश्नमा संचालक बिष्टले भनिन् ‘अभिनेत्रीमा फेसन ट्रेन हुन्छ । उनीहरुले लगाएको पहिरन सर्वसाधारणले पनि फलो गर्दछन् ।’

बिष्ट नेपाल इन्चिच्युट अफ फेसनको २०१४की फष्ट सेसन बिजेता बिद्यार्थी हुन् । बुटिककमा ढाकाका पहिरनलाई पनि आफुले बिषेश प्रथामिकतामा राखेको उनले सुनाइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?