यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ९, २०८०
|
|
२३ पटक हेरिएको
Shares
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले आज वैशाख ९ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ९ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २४ पैसा र बिक्री दर १६२ रुपैयाँ ९८ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४७ रुपैयाँ १९ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?