हुम्लामा भिषण हिमपातः तापक्रम माइनसमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
हुम्लामा भिषण हिमपातः तापक्रम माइनसमा

सारांश

  • सिमीकोट,२७,मंशिर लामो समय देखि पानी नपरेको हुम्लामा सोमबार यो वर्षकै पहिलो पटक हिमपात भएको छ।
  • बिहान ६ बजे देखि सुरु भएको हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा १ फिट बढी हिउँ जमेको छ।
  • हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ।

सिमीकोट,२७,मंशिर

लामो समय देखि पानी नपरेको हुम्लामा सोमबार यो वर्षकै पहिलो पटक हिमपात भएको छ। बिहान ६ बजे देखि सुरु भएको हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा १ फिट बढी हिउँ जमेको छ।

हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ।

हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका साविकका गाविसमा जाडो बढेको छ।

हिउँका कारण चीनसँग सिमा जोडिएको उत्तरी गाविस लिमीका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका छेपाल लामाले टेलिफोनबाट बताए ।

उनका अनुसार मुचुमा अहिले सम्म झण्डै साँढे २ फिट जति हिउँ जमेकाले घरबाट बाहिर निस्कन नसकिएको हो।
अन्नपूर्णपोस्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?