​पदाधिकारी चयनमा कांग्रेस संस्थापन पक्ष नै विभाजित, देउवा एक्लिदैँ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
१७ पटक हेरिएको
Shares
​पदाधिकारी चयनमा कांग्रेस संस्थापन पक्ष नै विभाजित, देउवा एक्लिदैँ

सारांश

  • काठमाडौं,२१ वैशाख ।
  • कांग्रेसको पदाधिकारी चयनमा संस्थापन पक्ष नै बिभाजित भएको छ ।
  • १३ औं महाधिवेशनपछि रिक्त कांग्रेसको पदाधिकारी चयन प्रक्रियालाई लिएर पार्टी संस्थापन पक्षबीच नै दुई मत देखिएको हाे ।

काठमाडौं,२१ वैशाख । कांग्रेसको पदाधिकारी चयनमा संस्थापन पक्ष नै बिभाजित भएको छ ।

१३ औं महाधिवेशनपछि रिक्त कांग्रेसको पदाधिकारी चयन प्रक्रियालाई लिएर पार्टी संस्थापन पक्षबीच नै दुई मत देखिएको हाे ।

स्राेतका अनुसार ‘रिक्त पदाधिकारी चयन प्रक्रियाका लागि छलफल जारी रहँदा संस्थापन पक्ष नै बिभाजित देखिएको हो,’ ‘संस्थापन पक्षकै नेताहरुबीच नै पदाधिकारी चयनका विषयमा कुरा नमिल्दा पदाधिकारी प्रस्ताव झनै धकेलिने संकेत देखिएको छ ।’

सभापति शेरबहादुर देउवा निकट नेता गोपालमान श्रेष्ठले संविधानले व्यवस्था गरेको संघीय व्यवस्थाबमोजिम पदाधिकारी चयन गर्दा प्याकेजमा नै गर्नुपर्ने बताए । नयाँ संरचनाअनुसार नेतृत्व तहबाट प्याकेजमा नै सहमति गरेर बहुपदीय व्यवस्थाबाट पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आवश्यक रहेको उनले बताएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?