इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०८०
|
|
२६ पटक हेरिएको
Shares
इजरायलद्वारा बीपीको दुर्लभ भाषण राष्ट्रपतिलाई उपहार

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायले नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरुप प्रदान गरेको छ ।
  • इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा बीपीको सो भाषण उपहारस्वरुप हस्तान्तरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायले नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरुप प्रदान गरेको छ ।

इजरायली राजदूत हनन गोदेर गोल्डबर्गरले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा बीपीको सो भाषण उपहारस्वरुप हस्तान्तरण गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायलसँग दौत्य सम्बन्ध स्थापना भएको थियो ।

सन् १९४८ मा राज्यका रुपमा स्थापित इजरायलसँग बीपी कोइरालाले सिंगो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए । सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा इन्टरनेश्लन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्स (International conference on science in the Advancement of New states) को प्रमुख अतिथिको हैसियतमा उद्घाटन गर्दै बीपी कोइरालाले गरेको भाषण राष्ट्रपति पौडेललाई राजदूत गोदेरले उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।

राजदूत गोदेरले सो भाषण धेरै मेहनतसाथ खोजी गरेर आफूले फेला पारेको र बीपी कोइरालाकै अनुयायी नेपालको राष्ट्रप्रमुख भएकाबेला हस्तान्तरण गर्न पाउँंदा खुशी लागेको बताएको पनि सल्लाहकार पोखरेलले जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेलले बीपीको यस्तो ऐतिहासिक दस्तावेज उपहार उपलब्ध गराएकोमा हर्षित हुँदै धन्यवाद दिएका थिए ।

‘‘फरक खालको स्थिती भएको हुँदा तेस्रो विश्वका देशहरूले आर्थिक विकासका लागि प्रजातन्त्रलाई स्वीकार गरेका छैनन् । त्यसैकारणले आर्थिक विकास प्रजातान्त्रिक प्रणालीबाट हुन्छ कि तानाशाही प्रणालीबाट हुन्छ भन्ने बहस आज जारी छ’’ बीपीको सो भाषण उदृत गर्दै पोखरेलले भने, ‘‘सही प्रतिपक्षको अभाव र मनोवैज्ञानिक पूर्णता नहुँदा स्वतन्त्रतापछि पनि तानाशाहीतन्त्र प्रख्यात भएको छ । सुस्तगतिमा हुने प्रगतिले संर्घष गरिरहेको प्रजातान्त्रिक प्रणालीले तानाशाहीतन्त्रलाई अवसर दिएर जनताको विकासप्रतिको कल्पना आकर्षित गर्दछ ।’’ प्रजातन्त्र राजनीतिक प्रणालीको रुपमा वा जीवन पद्दति प्रयोगको रुपमा यी देशहरूमा परिक्षणको रुपमा रहेको पनि बीपीले सो सम्बोधनमा उल्लेख गरेका छन् ।

‘‘नेपाल एशिया र अफ्रिकाका मुलुकहरू जस्तै होइन जसले साम्राज्यवाद र उपनिवेशवादको शिकार भए । र, उनीहरूले आफ्नो आस्मितामात्र गुमाएनन अपितु बाह्य शक्तिबाट शोषित पिडित भए’’ सो भाषण उदृत गर्दै पोखरेलले भने – ‘‘नेपाललगायत अफ्रिकी तथा एशियाका नयाँ प्रजातन्त्र, सम्प्रभुता र स्वतन्त्रता प्राप्त राष्ट्रहरूले नयाँ चुनौतीहरू सामाना गरिरहनुपरिरहेको छ, ती चुनौतीहरूमध्ये गरिबी सबैभन्दा महत्वपूर्ण हो । यदी भरखरै प्रजातन्त्रिक व्यवस्था अँंगालेका राष्ट्रहरूले गरिबीको समस्या समयमा नै हल गर्न सकेनन् भने भरखरै प्राप्त स्वतन्त्रता र सम्प्रभुताको कुनै अर्थ हुँदैन नै, अर्कोतर्फ तानाशही र साम्यवादले गरिबीलाई आफ्नो शीर उठाउने अवसरका रुपमा लिनेछन् ।’’ भाषणमा बीपीले त्यही कारण विकसित प्रजातान्त्रिक समाजवादी राष्ट्रहरूले एशिया र अफ्रिकाका भरखरै प्रजातान्त्रिक व्यवस्था अँगालेका ती राष्ट्रहरूलाई सम्यवाद वा तानाशाहीको विकल्पबाट जोगाउन सक्नुपर्ने पनि उल्लेख गरेका छन् ।

राजदूत गोदेरसँगको भेटमा राष्ट्रपतिले इजरायल सरकारले नेपाललाई रोजगारी तथा कृषि तथा सहकारी क्षेत्रमा गरेको सहयोग प्रदान गरेकोमा खुशी व्यक्त गरेका थिए । उनले दुई देशबीचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अगाडि बढ्नेमा विश्वास व्यक्त गरेका थिए ।

(linksmagazine.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्रीबाट संसदमा बजेट प्रस्तुत जारी (लाईभ)
अर्थमन्त्रीबाट संसदमा बजेट प्रस्तुत जारी (लाईभ)
एनआरएनए युरोपको युवा संयोजकमा प्रकाश भण्डारीद्वारा उम्मेदवारी घोषणा
एनआरएनए युरोपको युवा संयोजकमा प्रकाश भण्डारीद्वारा उम्मेदवारी घोषणा
प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै
प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै
RSS presents provincial plans to Chief Minister Gurung
RSS presents provincial plans to Chief Minister Gurung
लुम्बिनी विकास बैंकको डेपुटी सीइओमा सुमन आचार्य  नियुक्त
लुम्बिनी विकास बैंकको डेपुटी सीइओमा सुमन आचार्य नियुक्त
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझाएकाे सिमलताल दुर्घटनाको प्रतिवेदनमा के छ?
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
सरकारी खर्चमा भ्रमण मोह
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
१३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या १२०२ पुग्यो
१३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या १२०२ पुग्यो

तपाईंले छुटाउनुभयो कि?