हुम्लामा भिषण हिमपातः तापक्रम माइनसमा
सारांश
- सिमीकोट,२७,मंशिर लामो समय देखि पानी नपरेको हुम्लामा सोमबार यो वर्षकै पहिलो पटक हिमपात भएको छ।
- बिहान ६ बजे देखि सुरु भएको हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा १ फिट बढी हिउँ जमेको छ।
- हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ।
सिमीकोट,२७,मंशिर
लामो समय देखि पानी नपरेको हुम्लामा सोमबार यो वर्षकै पहिलो पटक हिमपात भएको छ। बिहान ६ बजे देखि सुरु भएको हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा १ फिट बढी हिउँ जमेको छ।
हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ।
हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका साविकका गाविसमा जाडो बढेको छ।
हिउँका कारण चीनसँग सिमा जोडिएको उत्तरी गाविस लिमीका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका छेपाल लामाले टेलिफोनबाट बताए ।
उनका अनुसार मुचुमा अहिले सम्म झण्डै साँढे २ फिट जति हिउँ जमेकाले घरबाट बाहिर निस्कन नसकिएको हो।
अन्नपूर्णपोस्टबाट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया