यस्तो छ तक्मे बुढाको गोप्य कुरा जुन दर्शकलाई थाहा छैन् !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
३५ पटक हेरिएको
Shares
यस्तो छ तक्मे बुढाको गोप्य कुरा जुन दर्शकलाई थाहा छैन् !

सारांश

  • विल्सनविक्रम राई, हास्यअभिनेता हास्यकलाकार नभएको भए के बन्नुहुन्थ्यो ?
  • फस्ट क्लासको ड्राइभर बन्थेँ ।
  • काठमाडौं आउँदा पनि म लास्टाँमा केही भएन भने ट्याक्सी चलाएर भए’नि जिन्दगी चलाइन्छ भन्ने आत्मविश्वास बोकेर आएको थिएँ ।

विल्सनविक्रम राई,
हास्यअभिनेता
हास्यकलाकार नभएको भए के बन्नुहुन्थ्यो ?
फस्ट क्लासको ड्राइभर बन्थेँ । काठमाडौं आउँदा पनि म लास्टाँमा केही भएन भने ट्याक्सी चलाएर भए’नि जिन्दगी चलाइन्छ भन्ने आत्मविश्वास बोकेर आएको थिएँ । मेरो बुबा आफैँ ड्राइभर भएको हुनाले म पहिलोपल्ट काठमाडौं आउँदा पनि स्टाफ सिटमा मुढामा बसेर आएको थिएँ ।

कलाकार बनिसकेपछि के कुरालाई तपार्इं सबैभन्दा बढी ‘मिस’ गर्नुहुन्छ ?
पब्लिक अर्थात् ओपन लाइफ । सडकमा सर्वसाधारणले के गर्नु सक्छन्, त्यो हामीले चाहँदाचाहँदै पनि गर्न सक्दैनौँ । म त कहिलेकाहीँ गर्दिन्छु तर कतिपय कुरामा गर्न मन लागिरा’को हुन्छ, बोल्न मन लागिरा’को हुन्छ तर कलाकारको पगरीले गर्दा रोकिनुपर्छ ।

तपाईंको पहिलो जागिर र तलब कति थियो ?
पहिलोपल्ट ‘साथी’ भन्ने फिल्ममा बालकलाकारको रोल गर्दा ५० रुपैयाँ पाएको थिएँ । त्यो नै पहिलो पारिश्रमिक हो । चकलेट खानु भनेर दिइएको थियो । अहिलेको हिसाबमा त्यो एक हजार रुपैयाँजस्तो हो ।

जीवनको कुनै यस्तो दिन, जसलाई तपाईं फेरि जिउन चाहनुहुन्छ ?
सन् २०१७ मेरो जीवनमा अंकित हुने वर्ष हो । मैले विद्यादेवी भण्डारीबाट राष्ट्रपति पुरस्कार पाएको क्षणलाई मिल्ने भए फेरि जिउन चाहन्थेँ । मलाई त्यो दिन मेरो कामको मूल्यांकन भएको दिनजस्तो लाग्छ ।

मनोरञ्जन क्षेत्रको कुन कुरा तपाईंलाई सबैभन्दा बढी मन पर्छ ?
सबैले आफ्नो परिवारको सदस्य सोचेर माया गर्दिनुहुन्छ । मैले नचिनेको, नदेखेकोले पनि कहीँ बसेर मेरा लागि प्रार्थना गर्दिनुहुन्छ, राम्रो चिताइदिनुहुन्छ । पेट्रोलको लाइनमा बस्दा पनि मलाई प्रेम गरेर बाटो छोड्दै अगाडि जानू भनेर ठाउँ दिनुहुन्छ । विश्वकै धनी मान्छेले पनि यसरी बाटो नपाउन सक्छ ।

के कुराले तपार्इंलाई बढी चित्त दुख्छ ?
फिल्म क्षेत्रका केही मान्छेको ग्रुपिज्म छ । यहाँभित्र पनि फोहोरी राजनीति छ । त्यो राजनीति नभइदिएको भए कला क्षेत्र स्वतःस्फुर्त अगाडि बढ्थ्यो, नयाँले अझै धेरै चान्स पाउँथे जस्तो लाग्छ ।

एउटा हाइपोथेटिकल प्रश्न गरौं, यदि तपाईं देशको प्रधानमन्त्री बन्नुभयो भने सबैभन्दा पहिला के काम गर्नुहुन्छ ?
सबैभन्दा पहिला हाम्रो देशको शिक्षा प्रणालीलाई परिवर्तन गरेर अहिलेको स्तरभन्दा राम्रो बनाउने प्रयास गर्थें । शिक्षानीतिलाई परिवर्तन गर्थें होला, उकास्थेँ होला ।

‘आई लभ यू सेन्तेरेम’ गीत त गाउनुभयो, रियलमा चाहिँ सेन्तेरेमलाई कत्तिको प्रेम गरिन्छ नि ?
खाँदिन नि । कहिल्यै पनि खाँदिन ।

गीतचाहिँ किन ?
गीतले पनि नखानु नै भन्छ ।

तर खानेहरुका बीच ‘सेन्तेराम’ शब्द त हिटै भयो ?
बोलिचालीको भाषामा अलिअलि चल्दै गरेको चिजलाई मैले प्रयोग गरेँ  । पछि यो गीत र शब्द दुवै चर्चामा आयो, चर्चाको भागिदार म भएँ ।

कस्तो कुराले तपाईंलाई बढी खुसी बनाउँछ ?
स–सानो कुराले मलाई खुसी र दुःखी बनाउँछ । मेरो भान्जा फस्ट डिभिजन आयोभन्दा खुसी लाग्छ । बहिनीलाई हँसियाले हात काट्यो रे भन्दा दुःख लाग्छ । भरे बुझ्दा नङको छेउमा छाला मात्र गा’को हुन्छ ९हाँस्दै० ।

के देख्दा दुःख लाग्छ ?
वृद्धवृद्धा हात फैलाउन आउँछन्, देख्दा दुःख लाग्छ । उनीहरुलाई कसैले अभद्र तरिकाले व्यवहार ग¥यो भने दुःख लाग्छ । जसले आज हात फैलाइरहेको छ, कुनै दिन उसले पनि माथि दिएर दिएको थियो होला । संसारमा कोही पनि मान्छे धनी, गरिब र खराब हुँदैन । खराब हुन्छ त समय र परिस्थति । धेरै ठाउँमा अभद्र व्यवहारका कारण म आवेशमा पनि आएको छु ।

युवतीहरूले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ ?
तक्मे बुढा भा’कोले गर्दा ‘हे नानीहरु’जस्तो लाग्छ । कहिलेकाहीँ त होइन, म ३० नकटेको विल्सन पनि त हो भनेर सोच्छु तर जे भने ’नि मलाई माया त तक्मे भनेर नै गरेका हुन् । माया गर्नेहरुलाई के थाहा– रियालिटीमा त मायाले संसार थाम्दैन ।

तपाईंको गोप्य कुरा जो दर्शकलाई थाहा छैन ?
अरुलाई नभन्नुस्, तपाईंलाई मात्र भन्छु है १ म जब गाडीमा ड्राइभिङ सिट या अगाडिपट्टि बसेर ट्राभल गरिरहेको हुन्छु त्यतिबेला बाटोमा हिँड्ने पैदलयात्रीसँग खुब जिस्किरा’को हुन्छु । कोही मान्छे बाटो क्रस गरिरा’को छ भने मलाई चुप लागेर बस्न मन लाग्दैन अनि ‘काका नमस्ते’, ‘मामा नमस्ते’, ‘फुपाजू नमस्ते’ भन्दै साइनो जोडेर बोलिहाल्छु । कत्तिले त ‘मैले नानीलाई चिनिनँ नि’ भन्दै सोध्दै आएका पनि छन् ।

तपाईंले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ?
मलाई २०१३ मा साउथ इन्डियन फिल्म अफर आ’को थियो । माउन्ट एभेरेस्टको बेस क्याम्पमा सुटिङ थियो । अडिसनमा पास पनि भइयो तर त्यतिबेला मेरो थुप्रै देशमा कार्यक्रम ‘फिक्स्ड’ भइसकेकाले त्यो फिल्म मैले छोड्नप¥यो । त्यो फिल्म रिलिज पनि भइसक्यो । ठूलो प्रोजेक्ट थियो त्यसैले गर्न नभ्याउँदा आज पनि दुःख लाग्छ ।

तपार्इंको कमजोरी के हो ?
म भावुक भएकाले मान्छेलाई विश्वास गर्छु, चाँडै आवेशमा पनि आइहाल्छु । अलि बढी नै छु, यो कमजोरी जस्तो लाग्छ । तालाचाबी हातमा दिइहाल्छु, भनेसी कतिसम्म चाँडो होला त ?

आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?
म समय परिस्थितिअनुसार आफूलाई ढाल्न सक्छु, जुन मेरो शक्तिजस्तो लाग्छ । मलाई फाइभ स्टार होटलमा अर्डर गर्न पनि आउँछ, सानो गोरेटो बाटोको छेउको घुम्तीमा मकै, भटमास र गुन्द्रुकको अचार माग्न पनि आउँछ । झुक्नुपर्ने ठाउँमा म यति झुक्दिन्छु कि ढाडको कुनै समस्यै छैन ।

आफूलाई नै मन नपर्ने आफ्नो बानी ?
चाँडै रिसाउने बानी खराब जस्तो लाग्छ तर धेरैबेर रिसाउँदिन, छोटो समय मात्र हो ।

प्रस्तुतिः अनिल यादव – नागरिक परिवारबाट साभार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै
काँग्रेस सभापति देउवालाई विपक्षी दलको नेतामा भूमिका नदिन माग गरिएको रिट दरपीठ
काँग्रेस सभापति देउवालाई विपक्षी दलको नेतामा भूमिका नदिन माग गरिएको रिट दरपीठ
बिना अनुमति भीर माहुरीको मह काढ्ने दिन गयो
बिना अनुमति भीर माहुरीको मह काढ्ने दिन गयो
सिन्डकेटको अन्त्य गर्ने तयारी, अब कम्पनी ऐनअन्तर्गत दर्ता हुने
मेलम्ची खानेपानी आयोजनाको सुरुङ शुरु पुनः परीक्षण गरिने
मेलम्ची खानेपानी आयोजनाको सुरुङ शुरु पुनः परीक्षण गरिने
झापा ५ मा केपी ओलीको यि हुन १३ प्रतिस्पर्धि
झापा ५ मा केपी ओलीको यि हुन १३ प्रतिस्पर्धि
सामाजिक सञ्जालको दुरुपयोग : सयौं युवायुवतीको भविष्य धरापमा
लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
लागु औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
एमाले बैठकअघि बामदेव पुगे प्रचण्ड निवास, १० मिनेट मात्र छलफल
एमाले बैठकअघि बामदेव पुगे प्रचण्ड निवास, १० मिनेट मात्र छलफल
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

तपाईंले छुटाउनुभयो कि?