सामाजिक सञ्जालको दुरुपयोग : सयौं युवायुवतीको भविष्य धरापमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • चितवन, पुस ६ ।
  • पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् ।
  • जिल्लामा गत वर्ष दुईवटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँचवटा मुद्दा दर्ता भइसकेको छ ।

चितवन, पुस ६ । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । जिल्लामा गत वर्ष दुईवटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा पाँचवटा मुद्दा दर्ता भइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार अहिले सामाजिक सञ्जालको प्रयोग गरेर विभिन्न किसिमका घटना घटाउने गरिएको छ । पछिल्लो समय आएर फेसबुक, ट्विटर, इमो, भाइबर लगायतका सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप बढ्दै गएको हो । सामान्य निवेदन मात्र कार्यालयमा दैनिक दुईदेखि तीनवटा आउने गरेको तथ्यांकले देखाएको छ । सामाजिक सञ्जालका माध्यमबाट सयौं युवायुवतीको भविष्य बिग्रिएको छ भने कयौँ मानिस ठगिएका छन् । सामाजिक सञ्जालका कारण अहिले बढी मात्रामा युवा पुस्ता प्रभावित बन्दै आएको थापाले बताए ।

सामाजिक सञ्जालका कारण विश्व साँगुरिदो घरमा रहेको भन्दै थापाले यसको प्रयोग गर्ने बढी मात्रामा युवापुस्ता रहेको र उनीहरुमा बढी मात्रामा यो समस्या देखिने गरेको बताए । यसको दुरुपयोग गर्दै कतिपयले ठग्ने, अश्लील फोटो तथा भिडियोको माध्यमले चरित्र हत्या गर्ने जस्ता काम गरेको थापाले बताए । चेतनाको कमीका कारण सामाजिक सञ्जालबाट आपराधिक क्रियाकलाप हुने गरेको भन्दै यस्तालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गरिने उनले बताए ।

कानुनी रुपमा यस्तो अपराध गर्नेलाई एक लाखदेखि दुई लाखसम्म जरिवाना, २ वर्षदेखि ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । जिल्लामा सामाजिक सञ्जालको मुद्दा दायर गर्न पाइँदैन । यो मुद्दा काठमाडौँ जिल्ला अदालतले मात्र हेर्ने गरेको छ । जसका कारण जिल्लामा आएका सामान्य निवेदनमाथि आपसी सहमतिमा टुङ्गाउने गरिएको छ । गम्भीर विषय भएमा काठमाडौँ पठाइने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ का मुख्यमन्त्री भन्छन्–प्रधानमन्त्रीलाई संघीयता कसले बुझाउने ?
प्रदेश २ का मुख्यमन्त्री भन्छन्–प्रधानमन्त्रीलाई संघीयता कसले बुझाउने ?
तनुश्री लेस्बियन हुन्, उनले मलाइ पटक पटक बलात्कार गरीन्: राखि सावंत
तनुश्री लेस्बियन हुन्, उनले मलाइ पटक पटक बलात्कार गरीन्: राखि सावंत
KBC Question 6, What is the name of the new capital of Andhra Pradesh ?
KBC Question 6, What is the name of the new capital of Andhra Pradesh ?
भीम रावल भन्छन् : एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु
भीम रावल भन्छन् : एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु
प्रधानमन्त्री ओलीले लम्पसारवादी चरित्र देखाए : नेपाल विद्यार्थी संघ
प्रधानमन्त्री ओलीले लम्पसारवादी चरित्र देखाए : नेपाल विद्यार्थी संघ
सोनम कपूरकाे विहेका मुख्य गुरुसहित पुजारीविरुद्ध कारवाहीको माग गर्दै उजुरी !
सोनम कपूरकाे विहेका मुख्य गुरुसहित पुजारीविरुद्ध कारवाहीको माग गर्दै उजुरी !
विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा उत्रिए
विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा उत्रिए
भारतकालागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त
भारतकालागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त
गृहमन्त्रीले भनेका ठूला माछा को हुन्?
गृहमन्त्रीले भनेका ठूला माछा को हुन्?
पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्ध
पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्ध

तपाईंले छुटाउनुभयो कि?