कञ्चनपुर घटनाजस्तै मुस्ताङ घटना हुँदा चीनले माफी मागेको थियो ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २८, २०७३
|
|
४२० पटक हेरिएको
Shares

सारांश

  • भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ मा पर्ने नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारका ३२ वर्षीय गोविन्द गौतमको मृत्यु भएको घटनाले देशव्यापी आक्रोश बढेको छ ।
  • राजनीतिक दल, नेता तथा विभिन्न क्षेत्रमा आबद्ध नागरिकहरूले त्यसको विरोधमा मत प्रकट गरिरहेका छन् ।
  • घटनाबारे सरकारले भारतसँग कुरा गर्नुपर्ने र भारतले त्यसमा माफी माग्नुपर्ने आवाज सर्वत्र छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ मा पर्ने नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारका ३२ वर्षीय गोविन्द गौतमको मृत्यु भएको घटनाले देशव्यापी आक्रोश बढेको छ । राजनीतिक दल, नेता तथा विभिन्न क्षेत्रमा आबद्ध नागरिकहरूले त्यसको विरोधमा मत प्रकट गरिरहेका छन् । घटनाबारे सरकारले भारतसँग कुरा गर्नुपर्ने र भारतले त्यसमा माफी माग्नुपर्ने आवाज सर्वत्र छ ।

पहिलो र दोस्रो दल नेपाली कांग्रेस र एमालेलगायतले विज्ञप्ति प्रकाशित गरेका छन् भने विद्यार्थी संगठनहरूले काठमाडौंस्थित भारतीय दूतावास नजिक विरोध प्रदर्शन गरेका छन् । यो घटनालाई कतिपयले भने १९६० मा चिनियाँ सुरक्षाकर्मीको गोलीले मुस्ताङमा एक नेपाली नागरिकको हत्या भएको घटनासँग तुलना गरिरहेका छन् । १९५० को दशकमा नेपाल र चीनबीच ३ वटा विवाद थिए । पहिलो, नेपाली व्यापारीहरूले चीनमा व्यापार तथा वाणिज्यसँग सम्बन्धित विभिन्न समस्या भोगिरहेका थिए । दोस्रो, नेपाल र चीनबीच सीमा विवाद थियो । तेस्रो विवादचाहिँ सगरमाथाबारे थियो । यी विवादका कारण नेपाल र चीनको सम्बन्ध त्यति मधुर थिएन ।

नेपाली कांग्रेसका सभापति बीपी कोइरालाले प्रधानमन्त्री भएलगत्तै यी विषय समाधानका लागि चिनियाँ सरकारसँग संवादको थालनी गरे । त्यसै मेसोमा १९५९ को अक्टोबर महिनामा मन्त्री तुलसी गिरीलाई प्रधानमन्त्री कोइरालाले चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न चीन पठाए । चीनबाट फर्केर गिरीले सीमालगायतका अन्य विषय समाधान गर्न चीन तयार हुनेमा आफू विश्वस्त नभएको प्रतिक्रिया दिएका थिए । गिरीको भ्रमणपछि समस्या समाधानको छनक नदेखिएपछि काठमाडौंमा चीनप्रतिको आक्रोश झन् बढेको थियो । समस्या समाधानका लागि प्रधानमन्त्री कोइराला आफंैले १९६० को मार्च महिनामा चीन भ्रमण गरको थिए ।

यो भ्रमणले दुई पक्षीय सम्बन्धलाई सुधार गर्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । कोइरालाले चीनको भ्रमण गरेको केही महिनामै चीनका प्रधानमन्त्रीले काठमाडौंको भ्रमण गरे । दुई देशका प्रधानमन्त्रीको भ्रमण आदान–प्रदान र कुराकानीको प्रतिफलस्वरूप १९६० को पूर्वाद्र्धमा नै नेपाल र चीनबीचका धेरै समस्या समाधान भए । तर, सीमा तथा सगरमाथाको विवाद कायम नै रहेका बेला मुस्ताङको सीमामा नयाँ विषय उत्पन्न भएको थियो । १९६० को जुन २८ तारिखमा चिनियाँ सुरक्षाकर्मीहरूले सीमा पार गरेर मुस्ताङको नेपाली भूभागमा प्रवेश गरे । चिनियाँ सुरक्षाकर्मीको गोलीबाट एक नेपाली नागरिकको मृत्यु भयो भने उनीहरूले केहीलाई आफ्नो कब्जामा लिए । त्यो घटनालाई नेपाली पक्षले चीनसँग दह्रोसँग उठायो ।

नेपाल मामिलाका जानकार एसडी मुनीले नेपालको परराष्ट्र नीतिसम्बन्धी पुस्तकमा उल्लेख गरेअनुसार उक्त घटनामा चिनियाँ पक्षले आफ्नो सुरक्षा निकायको तल्लोस्तरको जवानले गरेको असावधनीका कारण घटना भएको स्वीकर गर्‍यो । तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले चीन सरकाका तर्फबाट घटनाका सम्बन्धमा माफी मागे र नेपाल सरकारले मागेअनुसार मारिएका सुरक्षा गार्डको परिवारलाई क्षतिपूर्ति दिने बताए । अहिलेको घटनामा पनि नेपाल सरकारले भारतीय पक्षसँग यो विषयमा कुराकानी भएको जनाएको छ । घटनाको भोलिपल्ट भारतीय विदेश मन्त्रालयले यस सम्बन्धमा सीमा सुरक्षा बलले अनुसन्धान गरिरहेको बताएको छ । उसले आफ्ना सुरक्षाकर्मीको गोलीबाट नेपाली नागरिक मारिएको भन्ने अझै स्वीकार गरिसकेको छैन । विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरेर घटनाको सम्बन्धमा पोस्टमार्ट रिपोर्ट र फोरसेनिक रिपोर्ट उपलब्ध गराएर अनुसन्धानका लागि सहजीकरण गर्न नेपाललाई आग्रह गरिएको बताएको छ ।

आफ्नो पुस्तकमा चिनियाँ सुरक्षाकर्मीले नेपाली नागरिकको प्रसंग उल्लेख गर्ने मुनीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलद्वारा नेपाली नागरिक मारिएको घटनाबारे ट्वीटमार्फत भनेका छन्, ‘जमिनसम्बन्धी विवादमा गोली चलाएर र नेपाली नागरिकको हत्या गरेर सीमा सुरक्षा बलले ठूलो गल्ती गरेको छ । भारतले सकेसम्म छिटो यस घटनाका सम्बन्धमा माफी माग्नुपर्छ र क्षतिपूर्ति प्रदान गर्नुपर्छ ।’

नेपाली भूमिमै कल्भर्ट बनाइए पनि एसएसबीले भारतको भूमि भएको दाबी गरेपछि विवाद भएको हो । सुस्ता र कालापानीबाहेक अन्य भूभागमा समेत सीमासम्बन्धी विवाद छन् । यसले गर्दा बेलाबेला तनाव सिर्जना हुने गरेको छ ।आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य लगातार ओरालो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
सुनको मूल्य लगातार ओरालो, बुधबार कतिमा कारोबार भइरहेको छ ?
गायक तिलक सिंह पेलाले ल्याए‘हेर दिन ढल्यो’ (भिडियोसहित)
गायक तिलक सिंह पेलाले ल्याए‘हेर दिन ढल्यो’ (भिडियोसहित)
एमाले नेता बस्नेतविरुद्ध दायर मुद्दा खारेज
एमाले नेता बस्नेतविरुद्ध दायर मुद्दा खारेज
ब्राजिलका स्टार नेयमार भन्छन् ‘पेले, रोनाल्डो मेरो आइडल हुन्’
ब्राजिलका स्टार नेयमार भन्छन् ‘पेले, रोनाल्डो मेरो आइडल हुन्’
युवासंघका केन्द्रीय सदस्यविरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी
युवासंघका केन्द्रीय सदस्यविरुद्ध अस्मिता जुरेलीले दिइन् प्रहरीमा उजुरी
१७ गतेबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
१७ गतेबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
यदि विश्वभर बिजुली कटौती भयो भने…
यदि विश्वभर बिजुली कटौती भयो भने…
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, चार वटा एजेण्डा तय
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, चार वटा एजेण्डा तय
बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा…
बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा…
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !

तपाईंले छुटाउनुभयो कि?