पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ४, २०७४
|
|
३५ पटक हेरिएको
Shares
पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म

सारांश

  • काठमाडौं—प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शान्ति स्थापनाका लागि खटिएका म्यादी प्रहरीलाई सरकारले पुस ७ गते विदा गर्दैछ।
  • ५५ दिनका लागि नियुक्त भएका उनीहरु यो सातादेखि सेवा मुक्त हुँदैछन्।
  • प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका समयमा राजनीतिक दलहरुले आफ्ना घोषणा पत्रमा बेरोजगार युवा युवतीलाई रोजगारी दिने तथा बेरोजगारी भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।

काठमाडौं—प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शान्ति स्थापनाका लागि खटिएका म्यादी प्रहरीलाई सरकारले पुस ७ गते विदा गर्दैछ। ५५ दिनका लागि नियुक्त भएका उनीहरु यो सातादेखि सेवा मुक्त हुँदैछन्।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका समयमा राजनीतिक दलहरुले आफ्ना घोषणा पत्रमा बेरोजगार युवा युवतीलाई रोजगारी दिने तथा बेरोजगारी भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। सो निर्वाचन गराउन खटिएका युवा चुनाब सकिना साथ रोजगारीको चिन्तामा पर्न थालेका छन्।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीलाई सहयोग गर्न सरकारले ५८ हजार  २ सय ६८ म्यादी प्रहरी नियुक्त गरेको थियो। उनीहरुलाई सरकारले जनही ५१ हजार रुपैयाँ प्रदान गरेर विदाई गर्दैछ।

सेवा अवधि सकिन लागेका उनीहरु अब के गर्ने भनेर योजना बनाइरहेका छन्। ‘अहिले त रोजगारीको राम्रै छ’, काठमाडौंको नाङ्लेभारेमा खटिएकी विमला दाहालले भनिन्, ‘पुस ७ पछि के गर्ने भनेर चिन्ता लागिरहेको छ।’

‘सरकारले दिने पैसाले एउटा राम्रो मोबाइल फोन किन्छु। बाँकी पैसाले पोखरा घुम्न जाने योजनामा छु’

विमला बुढा बाबुआमाको हेरचाह र दुई भाइ बहिनीको पढाइका लागि खर्च जुटाउन म्यादीमा भर्ती भएकी थिइन्। म्यादी प्रहरी बापत सरकारले उपलब्ध गराउने ५१ हजार रुपैयाँबाट भाइबहिनीको बिद्यालयको शुल्क तिर्ने र बचेको रकमबाट घर चलाउने उनको योजना छ।

नाङ्लेभारेकै श्याममणि ढुंगाना वैदेशिक रोजगारीमा तयारी गर्दैगर्दा म्यादीमा भर्ना भएका थिए। घरमा एउटी बिहिनी र बुवा आमा हेर्ने जिम्मेवारी उनको छ। म्यादीको सेवा अवधि सकिना साथ उनी कतार जाने आफ्नो पुरानो सपना साकार पार्न लाग्दैछ्। पैसा पनि त्यसकै लागि खर्चिने उनले सुनाए।

सरकारले उपलब्ध गराउने ५१ हजारले विदेश जान पुग्छ त रु ढुंगाना भन्छन्, ‘अपुग रकम ऋण लिन्छु र विदेश जान्छु। दुई चार वर्ष विदेश गएर कमाउँछु। सरकारले दिने पैसा त्यसकै लागि लगानी हुनेछ।’

म्यादी प्रहरीका रुपमा खटिएका प्रदीप दहाल हाल स्नातक तहका विद्यार्थी पनि हुन्। म्यादीमा भर्ती हुनुको उनको कथा फरक छ। आफूसँग अहिलेसम्म राम्रो मोबाइल फोन नभएकै कारण म्यादी प्रहरीमा भर्ती हुन आएको उनले नागरिकन्युजलाई बताए। ‘सरकारले दिने पैसाले एउटा राम्रो मोबाइल फोन किन्छु। बाँकी पैसाले पोखरा घुम्न जाने योजनामा छु’, उनले नागरिकन्युजसँग भने।

‘सरकारले दिने पैसाले एउटा राम्रो मोबाइल फोन किन्छु। बाँकी पैसा पोखरा घुम्न जाने योजनामा छु’, उनले नागरिकन्युजसँग भने।
निर्वाचन समयमा खटिएका म्यादी प्रहरीलाई सरकारले प्रकृति मिल्दो काम दिनुपर्ने उनको भनाइ छ।

सरकारले भने सेवा समाप्तिपछि उनीहरुलाई म्यादी प्रहरीलाई तोकिएको रकम तथा प्रमाण पत्र दिएर विदा गर्ने तयारी गरिसकेको छ। ‘उनीहरुलाई रकम तथा प्रमाणपत्र दिएर विदा गरिन्छ’, नेपाल प्रहरी प्रवक्ता  मनोज न्यौपाने भन्छन्, ‘निश्चित अवधिको सेवा भएको हुनाले त्यो अवधि सकिएपछि उहाँहरु आफ्नो नयाँ काम खोज्न स्वतन्त्र हुनुहुनेछ।’ नागरिक न्युज बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?